BIZMANDU
www.bizmandu.com

सबिन राईको तिम्रो लागि टुबोर्ग ओपन सेसन्स सिजन-२ मा सार्वजनिक

२०७६ पुष २८

सबिन राईको तिम्रो लागि टुबोर्ग ओपन सेसन्स सिजन-२ मा सार्वजनिक
सबिन राईको तिम्रो लागि टुबोर्ग ओपन सेसन्स सिजन-२ मा सार्वजनिक

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपालको ब्रायन एडम्स् भनेर चिनिने सबिन राई र उनको ब्याण्ड ‘द फेरोह’को ‘तिम्रो लागी’ टुबोर्ग ओपन सेसन्स् सिजन-२ मा सार्वजनिक भएको छ।

टुबोर्ग र च्यानल आरबिट्ररीको प्रस्तुती टुबोर्ग ओपन सेसन्स् एक युट्युब सिरिज हो जसमा स्टुडियोमा प्रत्यक्ष रेकर्ड गरिएको सांगीतिक प्रस्तुतीहरु पेश गरिन्छ। यो डिजिटल प्ल्याटफर्मले विभिन्न प्रसिद्घ कलाकारहरुको रचनात्मकता र सांगीतिक सहकार्य मार्फत पुराना र हालका लोकप्रिय गीतहरुलाई नयाँ शैलीमा प्रस्तुत गर्ने कम्पनीले जनाएको छ।

आफ्नो संगीतको बढवा गरी धेरै दर्शकहरु माझ पुर्याउन चाहने कलाकारहरुका लागी टुबोर्ग मञ्च राम्रो माध्यम बनेको कम्पनीले जनाएको छ। राई निकै लोकप्रियगायक तथा गीतकार हुन् जसलाई उनको उल्लेखनिय स्टेज प्रस्तुतीहरुको लागी चिनिन्छ। उनले सन् १९९२ मागितार बजाउन सिक्नुका साथै आफ्नो पहिलो एल्बम् निकालेका थिए।

दोस्रो एल्बम् ‘सतह’को रिलिजपछि नेपाली संगीत क्षेत्रमाउनको लोकप्रियता व्यापक रुपमा बढ्यो। उनका केही गीतहरु रातारात हिट भए जसले उनलाई थप लोकप्रियता दिलायो  ‘तिम्रो लागी’ राईको लोकप्रिय गीत मध्ये एक हो।

 टुबोर्ग ओपन सेसन्स् २ मा भोकल्स्मा सबिन, भोकल्स् तथा बेसमा जीवन लामा, ड्रम्स्मा बिनोद लामा तामाङ, गितारमा जोन श्रेष्ठ र निकेश केसीटुबोर्ग ओपन सेसन्स् सिजन २ मा रोहितशाक्य र मनोज कुमार केसीले प्रस्तुती दिएका छन्।