BIZMANDU
www.bizmandu.com

चढ्नका लागि इलेक्ट्रिक कि पेट्रोलियम कार उपयुक्त ? इलेक्ट्रिक चढ्न मूल्य र पूर्वाधार समस्या

२०७६ पुष २७

चढ्नका लागि इलेक्ट्रिक कि पेट्रोलियम कार उपयुक्त ? इलेक्ट्रिक चढ्न मूल्य र पूर्वाधार समस्या
चढ्नका लागि इलेक्ट्रिक कि पेट्रोलियम कार उपयुक्त ? इलेक्ट्रिक चढ्न मूल्य र पूर्वाधार समस्या


काठमाडौं। दुई वर्षयता इलेक्ट्रिक कार (विद्युतीय) को चर्चा ब्यापक रुपमा हुन थालेको छ। दुई वर्षअघि नाडा अटो शोमा एकैपटक ६ कम्पनीले विद्युतीय कार ल्याएका थिए।

Tata
GBIME
Nepal Life

गत भदौमा भएको नाडा अटो शोमा तीसँगै अन्य कम्पनीले नयाँ नयाँ मोडेलका विद्युतीय कारहरू ल्याए। राष्ट्र बैंकले पनि ऋण लगानीमा सहुलियत दिएकाले यसतर्फ सर्वसाधारणको झुकाव बढ्न थालेको छ। अरू कार किन्दा ५० प्रतिशत पैसा आफूले हालेपछि बाँकी ऋण पाइन्छ। विद्युतीय कारमा ८० प्रतिशतसम्म बैंक ऋण पाइन्छ।

तीन नम्बर प्रदेशले त १० वर्षभित्र पेट्रोलियम कार बिस्थापित गर्ने घोषणै गरिसकेको छ । केन्द्रीय सरकारले पनि विद्युतीय कारलाई प्राथमिकतामा राखेर भन्सार सहुलियत दिएको छ।

सरकार विद्युतीय कारका कारण पर्यावरणमा सुधार हुने तर्क राख्छ। साथै पेट्रोलियमको आयातमा कमी आउने आँकलन पनि सरकारको छ। तैपनि पहिलोपटक गाडी चढ्न लागेकाहरू विद्युतीय कार किनिहाल्ने अवस्थामा भने पुगेका छैनन्। 

डिजल-पेट्रोलका गाडीको तुलनामा हेर्दा इलेक्ट्रिक कारको मूल्य निकै महंगो छ। त्यसैले सर्वसाधारणलाई इलेक्ट्रिक कारले तानिहालेको छैन। सामान्य कार २५ लाख रूपैयाँमा किन्न सकिन्छ भने इलेक्ट्रिकको मूल्य ४० लाखबाट सुरू हुन्छ। अर्कोतर्फ इलेक्ट्रिक कार भरपर्दो छैन भन्ने बुझाइ पनि छ। कार भएपछि लामो ड्राइभमा हिँड्न मन लाग्छ। इलेक्ट्रिक कार कता चार्ज गर्ने भनेर खोज्नु पर्छ, डिजेल-पेट्रल कारका लागि जहाँसुकै इन्धन भर्ने ब्यवस्था छ।

कारलाई चलाउन जुन इन्धन चाहिन्छ, त्यो पेट्रोलियम कारभन्दा इलेक्ट्रिक धेरै सस्तो पर्छ। एक अध्ययनले पेट्रोलियम कारको मासिक इन्धन खर्च जति हुन्छ, इलेक्ट्रिकको दुई तिहाइ सस्तो पर्छ। तर इलेक्ट्रिक कारको चार्जिङ भने समस्या छ। नेपालमा ठाउँ-ठाउँमा चार्जिङ स्टेसन छैनन्। कम्पनीहरूले निश्चित ठाउँमा मात्र खोलेका छन्। त्यही भएर इलेक्ट्रिक कार लिएर जहाँसुकै जान गाह्रै हुन्छ। 

मेन्टेनेन्समा इलेक्ट्रिक कारको खर्च कम हुन्छ। पेट्रोलियम कार निश्चित समय र किलोमिटर कुदेपछि सर्भिसिङ गराइरहनु पर्छ, जुन इलेक्ट्रिक कारमा पर्दैन। तर इलेक्ट्रिक कारमा त्यसको ब्याट्रीमा खर्च गर्नु पर्ने हुन्छ। पाँच/सात वर्षपछि ब्याट्री फेर्नु पर्ने हुन्छ। त्यो भनेको कारको मूल्यको एक तिहाइ खर्च हो। 

इलेक्ट्रिक कारको पर्फर्मेन्स पनि राम्रो हुन्छ। पेट्रोलियमको तुलनामा यसको पिकअप निकै राम्रो हुन्छ। आवाज नआउने भएकाले यसमा यात्रा गर्न पनि रमाइलो हुन्छ।

कुनै ध्वनि छैन, वातवरणीय प्रदुषण पनि छैन। अब कल्पना गर्नुस् यस्तो कारमा यात्रा गर्नु कति आनन्ददायी हुन्छ। तर मूल्य तुलनात्मक रूपमा महंगो हुने भएकाले जोकोहीले इलेक्ट्रिक कार भने किनिहाल्दैन। मूल्यलाई सस्तो बनाउनु पर्ने दबाब यतिबेला इलेक्ट्रिक कार कम्पनीहरूलाई छ। भविष्यमा मूल्य सस्तो भएमा भने इलेक्ट्रिक कार सर्वसाधारणका लागि पनि निकै उपयुक्त हुने छ।