BIZMANDU
www.bizmandu.com

धितोपत्रका नयाँ अध्यक्ष ढुंगाना: ‘शेयर बजार सँधै बढिरहने वा घटिरहने बनाउनु हुँदैन’ 

२०७६ पुष २७

धितोपत्रका नयाँ अध्यक्ष ढुंगाना: ‘शेयर बजार सँधै बढिरहने वा घटिरहने बनाउनु हुँदैन’ 
धितोपत्रका नयाँ अध्यक्ष ढुंगाना: ‘शेयर बजार सँधै बढिरहने वा घटिरहने बनाउनु हुँदैन’ 


Tata
GBIME
Nepal Life

काठमाडौं। पुँजी बजारका ६ वटा क्षेत्रमा काम गर्छु भनेर म आएको छु। पहिलो पुँजी बजारको स्थायित्वका लागि काम गर्ने छु। जसरी बैंकिङ क्षेत्रको स्थायित्व हुन्छ, त्यसरी नै पुँजी बजारको पनि स्थायित्व हुन्छ। 

शेयर बजार एकोहोरो बढिरहनु पनि राम्रो होइन। एकोहोरो घटिरहनु पनि राम्रो होइन। बजारलाई गतिशील बनाउनु पर्छ। बजार क्रमशः सुधार हुँदै जानु पर्छ। यसका लागि बजारको विस्तार गर्नु पर्नेछ। 

पुँजी बजारमा व्यावसायिकताको विकास गर्नु पर्ने आवश्यकता छ। म यसका लागि काम गर्छु। 

पुँजी बजारमा अहिले पनि ऋणपत्र तथा डेरिभेटिभ कारोबार हुन सकेको छैन। मेरो अर्को काम पुँजी बजारको दायरा विस्तार गर्ने तर्फ केन्द्रीत हुने छ। अहिले पनि ऋणपत्रको राम्रोसँग कारोबार हुन सकेको छैन। दोस्रो बजारमा ऋणपत्रको नियमित कारोबार गर्न आवश्यक पर्ने नियम कानुन तथा विभिन्न व्यवस्था गर्ने छु। पुँजी बजारको दायरा विकास गर्दा लगानीकर्ताको सहभागिता बढ्ने छ।

बजारमा अझै पनि प्लेयर धेरै कम छन्। केही म्युचुअल फण्ड छन्, तर यसका लागि अझै धेरै काम गर्न आवश्यक छ। बन्दमुखी म्युचुअल फण्डहरू बजारमा भए पनि अझै खुलामुखी म्युचुअल फण्डको राम्रोसँग विकास हुन सकेको छैन। यसका लागि थप केही व्यवस्था गर्नु पर्ने भएमा त्यो गर्ने छु। 

अर्को काम, पुँजी बजारलाई प्रविधिमैत्री बनाउनु पर्नेछ। अहिले पनि सम्पूर्ण काम कागजी प्रक्रियापछि मात्रै अगाडि बढ्छ। बोर्डमा निवेदन दिनेदेखि लिएर हरेक काम म्यानुअल गर्नु पर्ने बाध्यता छ। अबको युगमा यसरी चल्दैन। सम्पूर्ण काजगी प्रक्रियालाई डिजिटललाई गर्नु पर्नेछ। 

शेयर बजारलाई थप प्रविधिमैत्री बनाउदै लैजानु पर्ने आवश्यकता छ। संस्थागत सुशासनलाई पनि ध्यानु दिनु पर्ने छ। संस्थागत सुशासनपछि मात्रै सबै कुराहरु राम्रो हुनेछ।

अन्तिम काम बोर्डका ऐन नियम कानुनलाई समय सान्दर्भिक बनाउनु पर्ने छ। संशोधनकै लागि पठाएको ऐनमै केही थप्नु पर्ने देखिएको छ। यसका लागि पनि थप केही काम गर्नु पर्ने छ। कयौं नियम कानुन पुराना छन्। ती सबै कानुनलाई समय सान्दर्भिक रूपमा संशोधन गर्नु पर्नेछ। 

कमोडिटी ऐन आएको यतिका समय भइसक्यो, अहिलेसम्म काम र कारोबार अगाडि बढेको छैन। काम गर्न सकिँदैन भनेर जति पछाडि धकेल्यो झन गाह्रो पर्ने छ। कामै नगरी त्यसका अप्ठ्यारा थाहा हुँदैन। त्यसैले यसको काम जति सक्दो छिटो अगाडि बढाउने छु। 

यसबाहेक बोर्डले गर्ने नियमित सुपरिवेक्षण तथा अनुगमनका कामलाई थप तदारुकताका साथ अगाडि बढाउनु पर्नेछ। बोर्डले नियमित रूपमा गर्नु पर्ने सबै कामहरु गर्दै जाने हो। बोर्डको नियमन प्रक्रियालाई पनि डिजिटल बनाउनु पर्ने छ।