BIZMANDU
www.bizmandu.com

नेपाल क्लियरिङ हाउसको मोबाइल एप्लिकेशनमार्फत हुने कारोबारको सीमा दुई लाख रुपैयाँ पुग्यो

२०७६ पुष २५

नेपाल क्लियरिङ हाउसको मोबाइल एप्लिकेशनमार्फत हुने कारोबारको सीमा दुई लाख रुपैयाँ पुग्यो
नेपाल क्लियरिङ हाउसको मोबाइल एप्लिकेशनमार्फत हुने कारोबारको सीमा दुई लाख रुपैयाँ पुग्यो

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल क्लियरिङ हाउसले संचालन गरेको कनेक्ट आइपिएस इपेमेन्ट प्रणालीको मोबाइल एप्लिकेशनमार्फत महिनाभरि गरिने कारोबारको सीमा दुई लाख पुर्याएको छ।

यसअघि यस्तो सीमा एक लाख रुपैयाँ मात्रै थियो। राष्ट्र बैंकको भुक्तानी प्रणाली सम्वन्धि एकीकृत निर्देशन अनुसार मासिक कारोबार थप गरिएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार प्रति कारोबार सीमा भने पचास हजार रुपैयाँनै रहेको छ। वेवसाइटबाट गरिने कारोबारको सीमा भने १० लाख र प्रति बैंक मासिक ५० लाख यथावत राखिएको कम्पनीले जनाएको छ।