BIZMANDU
www.bizmandu.com

बालाजु सवस्टेसनबाट यी ठाउँमा विद्युत आपूर्ति अवरुद्ध हुने, औद्योगिक क्षेत्रमा पनि प्रभावित

२०७६ पुष २३

बालाजु सवस्टेसनबाट यी ठाउँमा विद्युत आपूर्ति अवरुद्ध हुने, औद्योगिक क्षेत्रमा पनि प्रभावित
बालाजु सवस्टेसनबाट यी ठाउँमा विद्युत आपूर्ति अवरुद्ध हुने, औद्योगिक क्षेत्रमा पनि प्रभावित

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले बालाजु सवस्टेसनमा नयाँ ट्रान्सफर्मर जडानको लागि भोलि बालाजु औद्योगिक क्षेत्रदेखि महाराजगञ्ज सम्मको विद्युत आपूर्ति अवरुद्ध पार्ने भएको छ।

Tata
GBIME
Nepal Life

काठमाडौ उपत्यकाको विद्युत आपूर्तिलाई विश्वसनीय बनाउन बालाजु सवस्टेसनमा ६६/११ केभीको २२.५ एमभीए क्षमताको नयाँ ट्रान्सफर्मर राख्न लागिएको प्राधिकरणले जनाएको छ।

नयाँ ट्रान्सफर्मर राख्नको लागि भोलि बिहान ११:३० बजेदेखि  अपरान्हः १५:३० बजे सम्म उक्त सवस्टेशनबाट बिस्तारित फिडरहरू सट डाउन गर्न लागिएको प्राधिकरणले जनाएको छ।

बालाजु सवस्टेसनबाट विद्युत आपूर्ति भएका बालाजु औद्योगिक क्षेत्रका फिडर १ र २, ढुंगेधारा फिडर, महाराजगञ्ज-२ नम्बर फिडर, नयाँबजार फिडर र  धर्मस्थली फिडरबाट भोलि दिउँसो विद्युत आपूर्ति अवरुद्ध हुने भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।