BIZMANDU
www.bizmandu.com

सुजुकीले फ्रि सर्भिस क्याम्पमा ५०% सम्म छुट दिने, गाडीको फ्रि वास र चेकअप पनि

२०७६ पुष २२

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपालको लागि सुजुकी फोर ह्विलरको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्स्को अटोमोबाइल डिभिजन सीजी मोटोकर्पले आगामी पुस २३ देखि २५ गतेसम्म विन्टर फ्रि सर्भिस क्याम्प’को आयोजना गर्ने भएको छ ।

सर्भिस क्याम्प अवधिभर सुजुकीका गाडीको सर्भिसमा आकर्षक छुट र अन्य अफरहरु पाउने कम्पनीले जनाएको छ।

कम्पनीले जारी गरेको विज्ञप्ती अनुसार सर्भिस क्याम्पमा ग्राहकले निशुल्क एसी चेक, ब्याट्री चेक, ओभरअल चेकअप र निशुल्क कार वासको सुविधा पाउनेछन्।

त्यसैगरी, एसडीटी डायग्नोसिसमा ग्राहकले ५० प्रतिशत छुट पाउने बताइएको छ।

यस अवधिमा सुजुकीका ग्राहकले स्पेयर पार्टस्, इन्जिन आयल, एसोसरिज र ह्विल एलाइनमेन्टमा १० प्रतिशत छुट पाउने कम्पनीले जनाएको छ।

विन्टर फ्रि सर्भिस क्याम्प देशभरका सबै सुजुकी सर्भिस सेन्टरमा हुने बताइएको छ ।

३९ वटा सर्भिस आउटलेट रहेको सुजुकीसँग नेपालकै ठूलो सर्भिस सञ्जाल रहेको पनि बिज्ञप्तीमा उल्लेख छ ।