BIZMANDU
www.bizmandu.com

एनआइसी एसिया बैंकले सुरु गर्‍यो ‘इन्ट्रयाक्टिभ भ्वाइस रेस्पोन्स’ सेवा, यस्ता छन् सुविधा 

२०७६ पुष ६

एनआइसी एसिया बैंकले सुरु गर्‍यो ‘इन्ट्रयाक्टिभ भ्वाइस रेस्पोन्स’ सेवा, यस्ता छन् सुविधा 
एनआइसी एसिया बैंकले सुरु गर्‍यो ‘इन्ट्रयाक्टिभ भ्वाइस रेस्पोन्स’ सेवा, यस्ता छन् सुविधा 


काठमाडौं। एनआइसी एशिया बैंकले 'इन्ट्रयाक्टिभ भ्वाइस रेस्पोन्स' सेवा सुरू गरेको छ। बैंकले अत्याधुनिक सेवा प्रदान गर्ने उद्देश्यले यो सेवा सञ्चालनमा ल्याइएको जनाएको छ।

Tata
GBIME
Nepal Life

यस्तो सेवा नेपाली बैंकिङ क्षेत्रमै पहिलो भएको बैंकले उल्लेख गरेको छ। यसबाट ग्राहकले आफ्नो खातामा रहेको ब्यालेन्स रकम, पछिल्लो तीन कारोबारको विवरण, कार्ड ब्लक र आइभीआर पिन परिवर्तन तथा विभिन्न बैंकिङ सेवाबारे जानकारी समेत पाउने छन्। 

यो सेवा प्रयोग गर्नका लागि पहिले ग्राहकले आफ्नो बैंक खातामा रजिष्टर्ड मोबाइल नम्बरद्वारा आइभीआर दर्ता गर्नुपर्दछ । दर्ता प्रक्रिया एसएमएस वा फोन कल दुवै माध्यमबाट गर्न सकिन्छ।

बैंकको देशभर ३ सय १३ शाखा कार्यालय, ४ सय ५ एटीएम, ९६ वटा एक्सटेन्सन काउण्टर र ४४ वटा शाखारहित बैंकिङ सेवा केन्द्र छन्। बैंकका करिब २० लाख ग्राहक छन्।