काठमाडौं। एनआइसी एसिया बैंकले ललितपुरको मंगलबजार र काठमाडौँको दरबारमार्गमा एकैसाथ दुई शाखा सञ्चालनमा ल्याएको छ।
मंगलबजार शाखाकोे समुद्घाटन वडा अध्यक्ष नारायणलाल अवाले र दरबारमार्गको बैंकका उप–प्रादेशिक कार्यालय काठमाडौँका प्रमुख तेजराज तिमिल्सिनाले गरेका छन्।
अब बैंकको शाखा संख्या ३११ पुगेको छ। बैंकको ४०३ एटिएम छन्। ९५ वटा एक्स्टेन्सन काउण्टर र ४४ वटा शाखारहित बैंकिङ्ग इकाइ पनि सञ्चालनमा छन्।