BIZMANDU
www.bizmandu.com

निर्जीवन बीमा कम्पनी आइएमई जनरलको लाभांस प्रस्ताव, ६% बोनस शेयर 

२०७६ मंसिर २९

निर्जीवन बीमा कम्पनी आइएमई जनरलको लाभांस प्रस्ताव, ६% बोनस शेयर 
निर्जीवन बीमा कम्पनी आइएमई जनरलको लाभांस प्रस्ताव, ६% बोनस शेयर 

Tata
GBIME
Nepal Life

काठमाडौं। निर्जीवन बीमा कम्पनीमध्ये आइएई जनरल इन्स्योरेन्स कम्पनीले पहिलोपटक गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ। सञ्चालक समितिको शुक्रबार बसेको बैठकले ६ प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर समेत गरि लाभांश घोषणा गरेको छ। 

कम्पनीले यसै वर्ष हकप्रद शेयर निष्कासन गरेर बीमा समितिले निर्देशन गरेको पुँजी जुटाएको थियो। हाल कम्पनीको पुँजी एक अर्ब दुई करोड रूपैयाँ छ। बोनस शेयरपछि कम्पनीको चुक्ता पुँजी एक अर्ब आठ करोड रूपैयाँ कायम हुनेछ। उक्त बोनस शेयर आगामी हुने २२ औं वार्षिक साधारणसभामा पेश हुनेछ। 

कम्पनीले गत वर्ष ५ प्रतिशत बोनस शेयर दिएको थियो। खराब अवस्थामा रहेको एनबि इन्स्योरेन्सलाई आइएमई समुहले ह्याण्ड ओभर गरेको थियो। यससँगै कम्पनीले तीनपटक लगातार हकप्रद शेयर निष्कासन गरेर नियामकीय पुँजी जुटाएको हो। तीन वर्ष अगाडि ८० प्रतिशत, दुई वर्ष अगाडि शतप्रतिशत र यस वर्ष ८० प्रतिशत हकप्रद शेयर बिक्री गरिसकेको छ।