BIZMANDU
www.bizmandu.com

भ्रमण वर्ष प्रवर्द्धन गर्न होटल संघले चीनमा कार्यक्रम गर्ने, साधारणसभा पनि उतै गर्ने

२०७६ मंसिर २७

Tata
GBIME
Nepal Life

काठमाडौं। होटलहरुको छाता संगठन होटल संघ नेपाल (हान)ले सोमबारदेखि चीनको छेङ्दुमा नेपाल भ्रमण वर्ष २०२० प्रवर्द्धन कार्यक्रम गर्ने भएको छ।

संघले आफ्नो अर्ध वार्षिक साधारणसभा पनि छेङ्दुमै आयोजना गर्ने जनाएको छ। भ्रमण वर्षमा २० लाख पर्यटक ल्याउने उद्धेश्यलाई मध्यनजर गर्दै संघले आफ्नो तर्फबाट प्रवर्द्धनात्मक कार्यक्रम गर्न लागेको जनाएको छ।

नेपाल पर्यटन बोर्ड, भ्रमण वर्ष सचिवालय र चीनस्थित नेपाली दूतावासको समन्वयमा मंसीर ३० गतेदेखि पुस चार गतेसम्म कार्यक्रम हुने संघले जनाएको छ।

संघकी अध्यक्ष सिर्जना राणाको नेतृत्वमा ६० सदस्य प्रतिनिधिमण्डल सोमबार छेन्दु जाँदैछन्। कार्यक्रमममा चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल समेत सहभागी हुनेछन्। कार्यक्रममा चीनका चर्चित टुर्स एण्ड ट्राभल कम्पनीसँग मुलुकका होटलबीच बिटुबी मिटिङ आयोजना गरिने संघले जनाएको छ।