BIZMANDU
www.bizmandu.com

भन्सार छलेर ल्याइएको ६ लाखको सामानसहित एक भारतीय नागरिक पक्राउ, जिप नियन्त्रणमा

२०७६ मंसिर २७

Tata
GBIME
Nepal Life

कैलाली। कैलालीमा भन्सार छलीका कपडासँगै एक भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

लम्किचुहा नगरपालिका-१ मा पर्ने  टीकापुर–लम्की सडक खण्डबाट बिहीबार अवैध रूपमा भन्सार छली गरेर ल्याइएको ६ लाख ११ हजार ६ सय ६० रूपैंयाँ मूल्य बराबरको कपडा बरामद भएको हो।

कपडासँगै यूपी ३१ टी ३१०२ नम्बरको बोलेरो जिप पनि नियन्त्रणमा लिइएको कैलाली प्रहरीले जनाएको छ।

सामानसँगै भारतको खिरी तिकुनीयाका ३५ वर्षीय जाबेर खान पनि पक्राउ परेका छन्।

पूर्व सूचनाका आधारमा प्रहरीले टोली परिचालन गरी सामान नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए।