BIZMANDU
www.bizmandu.com

एनसेलद्वारा दुई विजयी ग्राहकलाई जनही दुई लाख रुपैयाँ हस्तान्तरण, तीन जना प्रमाणिकरण हुँदै

२०७६ मंसिर २६

एनसेलद्वारा दुई विजयी ग्राहकलाई जनही दुई लाख रुपैयाँ हस्तान्तरण, तीन जना प्रमाणिकरण हुँदै
एनसेलद्वारा दुई विजयी ग्राहकलाई जनही दुई लाख रुपैयाँ हस्तान्तरण, तीन जना प्रमाणिकरण हुँदै

Tata
GBIME
Nepal Life

काठमाडौ। एनसेलले ‘रिचार्जमा चमत्कार’ योजना अन्तर्गत सिराहाका आशिष राउत र धादिङकी नानी मैयाँ थापालाई जनही २ लाख रुपैयाँ नगद पुरस्कार हस्तान्तरण गरेको छ।

राउत तेस्रो हप्ताको विजयी ग्राहकहरु मध्ये एक हुन भने थापा दोस्रो हप्ताको पाँच विजयीहरु ग्राहकहरु मध्येका एक हुन्। कम्पनीले यो योजना मंसिरदेखि कार्यान्वयनमा ल्याएको हो। योजना अन्तर्गत प्रत्येक साता दुई लाख र महिनामा १० लाख रुपैयाँ जित्न सक्ने कम्पनीले जनायो। 

राउत र थापालाई बिहीबार एक कार्यक्रम माझ एनसेल सेन्टर कुमारीपाटीबाट नगद पुरस्कार हस्तान्तरण गरिएको हो। दोस्रो हप्ताका पाँच जना विजयी मध्ये एक जना योजनाको शर्त बमोजिम नगद पुरस्कारका लागि अयोग्य ठहरिएको थियो। 

त्यस्तै तीन जना प्रमाणिकरण प्रक्रियामा रहेको र अयोग्य ठहरिएका ग्राहकको हकमा तेस्रो हप्तामा वितरण भएका कोडका आधारमा अर्को हप्ता छनोट गरिने कम्पनीले जनायो।

एनसेलका प्रिपेड र पोष्टपेड सेवाका सबै ग्राहकहरुले हप्तामा सय वा यस भन्दा बढिको रिचार्ज गरी पुरस्कार जित्न सक्ने कम्पनीले जनाएको छ।