BIZMANDU
www.bizmandu.com

ब्राजिलमा एक वर्षको अवधिमा चार पटक बैंक ब्याज परिवर्तन, अर्थतन्त्रमा सुधारको संकेत

२०७६ मंसिर २६

Tata
GBIME
Nepal Life

रियो दि जेनेरियो। ब्राजिलको केन्द्रीय बैंक मौद्रिक नीति समिति (कोपोम)ले ब्याजदरलाई ०.५ प्रतिशतले घटाउने निर्णय गरेको छ।

यससँगै बैंकको ब्याजदर अहिलेसम्मकै निम्न ४.५ प्रतिशत कायम भएको छ। समितिले बुधबार ब्याजदर परिवर्तनको घोषणा गरेको हो। सन् २०१८ को मेदेखि सन् २०१९ को जुनसम्ममा ब्राजिलको ब्याजदर स्थिर थियो।

सन् २०१९ मा ब्याज परिवर्तन गरिएको यो चौथोपटक हो। ब्याजदरसम्बन्धी पछिल्लो निर्णयसँगै ब्याजदरमा दुई अंकको कमी आएको छ।

पछिल्लो आर्थिक तथ्यांकले ब्राजिलको अर्थतन्त्रमा वृद्धि भएको संकेत गरेको कोपोमले जनाएको छ। बैंकका अधिकारीहरूले ब्राजिलको अर्थतन्त्रमा क्रमिक सुधारको रफ्तार रहने विश्वास गरेका छन्। कोपोमले सन् २०१९ का लागि ब्राजिलको मुद्रास्फीति दर चार प्रतिशत र सन् २०२० का लागि ३.५ प्रतिशत रहने जनाएको छ।

मौद्रिक समितिको सन् २०१९ को अन्तिम बैठकले ब्याजदरसम्बन्धी नयाँ निर्णय गरेको हो । समितिको अर्को बैठक सन् २०२० फेब्रुअरी ४ र ५ गते गर्ने तय भएको छ।