BIZMANDU
www.bizmandu.com

सिद्धार्थ बैंकले ७५ लाखसम्मको ऋण दिने स्किम ल्यायो, धितोको ८० प्रतिशतसम्म ऋण दिने

२०७६ मंसिर २३


काठमाडौं। सिद्धार्थ बैंकले साना तथा मझौला व्यवसायलाई लक्षित गर्दै ७५ लाख रुपैयाँसम्मको ऋण स्किम ल्याएको छ। 

Tata
GBIME

बैंकले व्यक्तिगत ऋणदाताहरूबाट उच्च ब्याजदरमा ऋण लिनुको सट्टा बैंकबाटै सहज रूप कर्जा सुविधा प्राप्त गर्न सकुन् भनेर ऋण योजना ल्याएको विज्ञप्तिमा जनाएको छ।

यो ऋणमा पूर्व भुक्तानी शुल्क लाग्दैन भने चालु पुँजी र स्थायी सम्पतिको ८० प्रतिशतसम्म फाइनान्सिङ सुविधा पाइन्छ।

बैंकले १० वर्षसम्मका लागि ऋण दिने छ। ब्याज दर भने उल्लेख गरेको छैन। बैंकले ऋण लिनेलाई निःशुल्क क्रेडिट कार्डका साथै एसएमएस अलर्ट लगायतका सुविधा दिने छ।

लकरमा पनि ५० प्रतिशत छुट पाइने छ। मुलुकका बिभिन्न स्थानमा बैंकका चारवटा एक्सटेन्सन काउन्टरसहित १ सय ७५ वटा शाखा छन्।