BIZMANDU
www.bizmandu.com

एनआईसी एशियाका ग्राहकले द्वारिकाज होटलको रेष्टुरेन्टमा १५ प्रतिशतसम्म छुट पाउने

२०७६ मंसिर २३

Tata
GBIME
Nepal Life

काठमाडौं। एनआईसी एशिया बैंक र द्वारिकाज होटलबीच छुट सम्वन्धी सम्झौंता भएको छ। सम्झौंतापछि बैंकका ग्राहकले द्वारिकाज ग्रुपका विभिन्न रेष्टुरेन्टमा १५ प्रतिशत सम्मको छुट पाउने छन्।

बैंकका डेविट एवं क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई बत्तिसपुतलीस्थित द्वारिकाज होटलका तोरण रेष्टुरेण्ट, फ्युजन बार, मोकोज जापानिज रेष्टुरेण्ट, द्वारिकाज ग्रुपकै गार्डन अफ ड्रिम्सस्थित केइजर क्याफे, पाटन संग्रहालयस्थित पाटन म्युजियम क्याफेमा १० प्रतिशत सम्म छुट पाउने विज्ञप्तिमा उल्लेख छ।

बैंकका अनुसार बत्तिस पुतलीस्थित कृष्णार्पण रेष्टुरेण्टमा १५प्रतिशत सम्म छुट पाइनेछ। सम्झौंतापत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी र द्वारिकाज ग्रुपको तर्फबाट इन्टरनेशनल मार्केटिङ्ग एण्ड कम्युनिकेशन म्यानेजर सुनिता गुरुङले हस्ताक्षर गरे।