BIZMANDU
www.bizmandu.com

कियाको स्पोर्टेज कार मासिक ४८३८० रुपैयाँ किस्ताबन्दीमा पाइने, ८ बर्षसम्म तिर्न सकिने

२०७६ मंसिर २३

कियाको स्पोर्टेज कार मासिक ४८३८० रुपैयाँ किस्ताबन्दीमा पाइने, ८ बर्षसम्म तिर्न सकिने
कियाको स्पोर्टेज कार मासिक ४८३८० रुपैयाँ किस्ताबन्दीमा पाइने, ८ बर्षसम्म तिर्न सकिने


काठमाडौं। कियाको एसयुभी ‘स्पोर्टेज’ मासिक ४८ हजार ३८० रुपैयाँ किस्तामै पाइने भएको छ। 

Tata
GBIME
Nepal Life

कोरियाली कार निर्माता कियाको एकमात्र अधिकृत बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले नबिल बैंकसँगको सहकार्यमा किस्ताबन्दी योजना अघि सारेको हो। 

शून्य प्रतिशत ब्याजदरको यो किस्ताबन्दी योजनामा सहभागी हुन मूल्यको ५० प्रतिशत डाउनपेमेन्ट भने आफैले हाल्नु पर्छ। यो राष्ट्र बैंकको नियम हो। बाँकी ५० प्रतिशत रकम आठ वर्ष लगाएर किस्ताबन्दीमा तिर्न पाइनेछ। 

देशभर छरिएर रहेका कियाका जुनसुकै आउटलेटबाट यो एसयुभी खरिद गर्दा सुविधा पाइने छ। यो गाडी कन्टिनेन्टलले कोरियाबाटै आयात गरेर नेपालमा बिक्री–वितरण गरिरहेको छ। 

राजधानीका गैरीधारा, महाराजगन्ज र जावलाखेलमा कियाका आउटलेट छन्। कम्पनीले ग्राहकलाई बिक्रीपछि प्रभावकारी सेवा र पार्टपुर्जा उपलब्ध गराउन पर्याप्त मात्रामा सर्भिस सेन्टरको व्यवस्था गरेको विज्ञप्तिमा उल्लेख छ। 

अल ह्विल ड्राइभ स्पोर्टेज अटोमेटिक र म्यानुअल ट्रान्समिसनमा उपलब्ध छन्। जीटी लाइन मोडलका यी कार खरीदको किस्ताबन्दी योजना जनवरी १५ सम्मका उपलब्ध हुने छ।