BIZMANDU
www.bizmandu.com

वर्ल्डलिंकको तात्तातो हिटरनेट योजना, साढे १७ हजार तिर्दा १० हजारको हिटर र नेट टिभी सित्तै

२०७६ मंसिर २२

वर्ल्डलिंकको तात्तातो हिटरनेट योजना, साढे १७ हजार तिर्दा १० हजारको हिटर र नेट टिभी सित्तै
वर्ल्डलिंकको तात्तातो हिटरनेट योजना, साढे १७ हजार तिर्दा १० हजारको हिटर र नेट टिभी सित्तै

Tata
GBIME
Nepal Life

काठमाडौं। मुलुकको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंकले जाडो याममा तात्तातो हिटरनेट अफर ल्याएको छ।

ग्राहकहरुको कम्पनीले योजनाअन्तर्गत १७ हजार ५ सय रुपैयाँमा ४० एमबीपीएसका सम्पूर्ण वार्षिक ग्राहकलाई सिजी ब्राण्डको ब्लोअर हिटर दिने जनाएको छ। कम्पनीका अनुसार यो सेवामा एक वर्षको नेट टिभी सेवा निःशुल्क प्रदान गर्ने छ। योजनाअनुसार १० हजार ४ सय ९० बराबरको ब्लोअर हिटर र नेट टिभीको सुविधा पाउने कम्पनीको दाबी छ।

यो योजना कम्पनीका नयाँ तथा पुराना सबै ग्राहकहरुका लागि लागू गरिएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार कम्पनीका अरू प्याकेजका ग्राहकहरूले पनि न्युनतम मूल्यमा सिजी ब्राण्डको ब्लोअर हिटर पाउन सक्नेछन्। यो योजना सीमित अवधिका लागि कम्पनीको देशभरका सम्पूर्ण शाखाबाट पाइने कम्पनीले जनाएको छ।