BIZMANDU
www.bizmandu.com

नेपाल-भारत उद्योग बाणिज्य संघकाे अध्यक्षमा सिर्जना राणा, संघमा अरु को/को आए?

२०७६ मंसिर १९

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल-भारत उद्योग वाणिज्य संघको अध्यक्षमा सिर्जना राणा चयन भएकी छन्। बिहीबार भएको २५ औं वार्षिक साधारणसभाले उनलाई नेतृत्वका लागि चयन गरेको हो। राणा होटल संघ नेपालकी समेत अध्यक्ष हुन्।

नयाँ समितिमा सूर्य नेपालका अभिमन्यु पोद्दार, निम्बस समूहका प्रबन्ध निर्देशक आनन्द बगारिया, हाइड्रो सोलुसनका ज्ञानेन्द्रलाल प्रधान, आइएमई समूहका कार्यकारी निर्देशक हेमराज ढकाल,आर बी रौनियार, शिवशक्ति समूहका संचालक सन्दीपकुमार अग्रवाल,  बर्जर पेन्ट्सका कन्ट्री म्यानेजर सैवाल घोष, श्री एयरलायन्सका प्रबन्ध निर्देशक सुधीर मित्तल र एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी चयन भएका छन्।