BIZMANDU
www.bizmandu.com

टाटा मोटर्सको ग्लोबल सर्भिस क्याम्प काठमाडौंमा सुरु, टाटाका गाडीको चेकजाँच हुने

२०७६ मंसिर १९

टाटा मोटर्सको ग्लोबल सर्भिस क्याम्प काठमाडौंमा सुरु, टाटाका गाडीको चेकजाँच हुने
टाटा मोटर्सको ग्लोबल सर्भिस क्याम्प काठमाडौंमा सुरु, टाटाका गाडीको चेकजाँच हुने

Tata
GBIME
Nepal Life

काठमाडौं। टाटा मोटर्सको ग्लोबल सर्भिस क्याम्प बिहीबारदेखि सुरू भएको छ।  नेपालका लागि टाटाको अधिकृत बिक्रेता सिप्रदी ट्रेडिङ हो । टाटा मोटर्स कमर्सियल गाडीका प्रेसिडेन्ट गिरिश वाग तथा सिप्रदीका कार्यकारी अध्यक्ष सिद्धार्थ शमशेर जबराले संयुक्त रुपमा क्याम्पको उद्घाटन गरे।

कार्यकारी अध्यक्ष राणाले टाटा मोटर्स र सिप्रदीको सम्बन्ध प्रगाढ रहेको बताउँदै यसको श्रेय ग्राहकको विश्वास र कर्मचारीको लगनशीलता रहेको बताए। क्याम्पअन्तर्गत टाटाका सबै डिलर एवं आधिकारिक सर्भिस सेन्टरहरूमा गाडीको सम्पूर्ण जाँचहरू हुनेछ।

क्याम्पमा चालकहरूका लागि नयाँ प्रविधि एवं सुरक्षित ड्राइभिङ सम्बन्धी निःशुल्क तालिम, टाटाको पार्टसमा विशेष छुट, निःशुल्क लेबर चार्ज, आकर्षक उपहार र लुब्रिकेन्टसमा आकर्षक सुविधा दिने कम्पनीले जनाएको छ ।

सोही अवसरमा टाटा विङ्गर वीएसआइभी २.२ एल डिकोर गाडीको बिक्री शुभारम्भ पनि गरिएको छ।  क्याम्पमा एक्साइड ब्याट्री, मिसेलिन, सिप्रदी अटोपार्टस्, म्याक लुब्रिकेन्टस्, बिमा, बैंक र अन्य अटोमोटिभ ब्राण्डहरूले सहभागिता जनाएका छन् ।विश्वभर एकैसाथ हुने यो क्याम्प नेपालमा चौथो संस्करण हो।