BIZMANDU
www.bizmandu.com

एनसेलद्वारा सिगुलाई २ लाख नगद पुरस्कार हस्तान्तरण, पुरस्कारबाट बंगुरपालनमा थप लगानी गर्ने

२०७६ मंसिर १९

एनसेलद्वारा सिगुलाई २ लाख नगद पुरस्कार हस्तान्तरण, पुरस्कारबाट बंगुरपालनमा थप लगानी गर्ने
एनसेलद्वारा सिगुलाई २ लाख नगद पुरस्कार हस्तान्तरण, पुरस्कारबाट बंगुरपालनमा थप लगानी गर्ने

Tata
GBIME
Nepal Life

काठमाडौ। एनसेलले ‘रिचार्जमा चमत्कार’ योजना अन्तर्गत पहिलो हप्ताका विजेता चित्रकुमार सिगुलाई २ लाख रुपैयाँ नगद पुरस्कार हस्तान्तरण गरेको छ।

पाँचथरका सिगु पहिलो हप्ताका पाँच विजयीहरु मध्ये एक हुन्। योजना अन्तर्गत हरेक योग्य ग्राहकले प्रत्येक हप्ता २ लाख रुपैयाँ नगद र प्रत्येक महिना १० लाख रुपैयाँ नगद जित्ने मौका पाउने कम्पनीले जनाएको छ।

सिगुले एनसेल सेन्टर कुमारीपाटीबाट २ लाख रुपैयाँ नगद पुरस्कार ग्रहण गरे। पेशाले सिकर्मी रहेका सिगुले नगद पुरस्कार पाएकोमा खुशी व्यक्त गर्दै आफुले पाएको पुरस्कार रकमले आफ्नो बगुंर फार्ममा थप लगानी गर्ने बताए।

कम्पनीका अनुसार दोस्रो हप्तामा विजयी भई प्रमाणिकरण भएका एक ग्राहकलाइ छिट्टै बिर्तामोडबाट २ लाख रुपैयाँ नगद हस्तान्तरण गरिनेछ।