BIZMANDU
www.bizmandu.com

सुख्खा बन्दरगाह जग्गाको मुआब्जा तय, कठ्ठाको २४ देखि ६७ लाख रुपैयाँ, चार अर्ब रुपैयाँ बाँडिने

२०७६ मंसिर १९

सुख्खा बन्दरगाह जग्गाको मुआब्जा तय, कठ्ठाको २४ देखि ६७ लाख रुपैयाँ, चार अर्ब रुपैयाँ बाँडिने
सुख्खा बन्दरगाह जग्गाको मुआब्जा तय, कठ्ठाको २४ देखि ६७ लाख रुपैयाँ, चार अर्ब रुपैयाँ बाँडिने

Tata
GBIME
Nepal Life

फाइल तस्विर

वीरगंज। वीरगंज –२५ सिर्सिया र आइसिपीबीचको रोक्का राखिएको ६२ बिघा जग्गाको मुआब्जा तय भएको छ। स्थानीय मूल्यांकन,मुआब्जा समितिले कठ्ठाको २४ लाख देखि ६७ लाख रुपैयाँसम्म मुआब्जा दिने निर्णय गरेको छ।

पर्साका प्रमुख जिल्ला अधिकारी नारायण भट्टराई अध्यक्ष रहेको समितिले जग्गाको १३ वटा वर्गमा छुट्याएर जग्गाको मूल्यांकन गरी मुआब्जा वितरण गर्ने निर्णय गरेको हो । प्रजिअ भट्टराईका अनुसार सिर्सियाको ६२ विघा मध्ये १५ विघा ऐलानी जग्गा छ । मुआब्जा वितरण गर्ने जग्गा ९ सय ९९ वटा किता छन् । मूल्याकन समितिले गरेको निर्णयअनुसार मुआब्जा वितरण हुँदा ४ अर्ब खर्च लाग्ने उनले बताए ।

घर–गोठ टहरा तथा काठपात फलफूलको मूल्याकनका लागि छुट्टै उपसमिति छ । त्यसका संयोजक सहायक प्रजिअ ललित बस्नेत छन् ।उक्त समितिले मुआब्जा मागका लागि दिइने निवेदनका आधारमा छुट्टै रकम दिने निर्णय गरेको छ।

मुआब्जा दर मञ्जुर छैन
मुआब्जा संघर्ष समितिका सदस्य विजय तिवारीले सरकारी पक्षले गरेको निर्णय अस्वीकार्य रहेको बताए।

पद्मरोड उत्तरमा डेढ करोड कठ्ठा जग्गा बिक्री भइरहेको बताउँदै उनले भने '६७ लाखमा कसरी मान्ने ?' सरकारी समितिले गरेको निर्णयविरूद्ध संघर्षमा जाने उनले बताए। उनीहरूले धुरको ८ लाखदेखि २१ लाख मुआब्जा माग गरेका छन्।