काठमाडौं। माछापुच्छ्रे बैंकले जारी गरेको ३० लाख थान ऋणपत्र नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भएको छ। बैंकको वार्षिक १०.२५ प्रतिशत व्याजदर सहितप्रति ऋणपत्र एक हजार कायम भएका ऋणपत्र बुधवार सूचिकृत भएको हो।
ऋणपत्र सूचिकृत सम्बन्धी सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा र स्टकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले हस्ताक्षर गरे। सूचिकरण पछि १० बर्षमा सावाँ फिर्ता हुने उक्त ऋणपत्र दोस्रो बजारमा खरीदबिक्री गर्न सकिन्छ।