BIZMANDU
www.bizmandu.com

एक महिना नबित्दै बिक्री भयो २५ लाख रुपैयाँ पर्ने हार्ले डेभिडसनको वाइक, दुईवटा अग्रिम बुकिङ

२०७६ मंसिर १८

एक महिना नबित्दै बिक्री भयो २५ लाख रुपैयाँ पर्ने हार्ले डेभिडसनको वाइक, दुईवटा अग्रिम बुकिङ
एक महिना नबित्दै बिक्री भयो २५ लाख रुपैयाँ पर्ने हार्ले डेभिडसनको वाइक, दुईवटा अग्रिम बुकिङ

Tata
GBIME
Nepal Life

काठमाडौं। अमेरिकी बाइक हार्ले डेभिडसनको आधिकारिक विक्रेता आइएमइ ग्रुपले भित्र्याएको एक महीना नबित्त्दै स्ट्रिड रड मोडलको बाइक बिक्री भएको छ।

कम्पनीले गत नोभेम्बरमा सार्वजनिक गरेको स्ट्रिट रड मोडलको बाइक मंगलबार बिक्री भएको कम्पनीले जनाएको छ। हार्लेको स्ट्रिट रड क्याप्टेन शैलेन्द्र बस्नेतले खरिद गरेका हुन्। 

कम्पनीका अनुसार थप दुईवटा स्ट्रिट रडको अग्रिम बुकिङ भइसकेको छ। अग्रिम बुकीङ गर्नेमा दुईजना क्याप्टेन हुन्, यतिबेला विदेशमा छन् । 'थप दुईवटा स्ट्रिट रड आउँदो जनावरी एक तारिखमा लिएर जाने ग्राहकहरूले बताउनुभएको छ। उहाँहरू न्यु इयरको प्रतीक्षामा हुनुहुन्छ,' कम्पनी स्रोतले भन्यो।

हार्लेको रेन्जमा यो बाइक मूल्यको हिसाबले पनि कम छ। कम्पनीका अनुसार स्ट्रिट रडको मूल्य सिरिजको हिसाबले २३ लाख देखि २७ लाख रुपैयाँसम्म छ। स्ट्रिट रडका थप विभिन्न भेरियन्टका बाइक ल्याउने योजना कम्पनीको छ। नमुनामात्रै ल्याउने तय भएर आयात गरिएको मोडल तुरुन्तै बिक्री भएपछि हार्लेका बाइक नेपालीले किन्ने देखिएको कम्पनी कर्मचारीको बुझाइ छ ।

हाल कम्पनीले आइरन, आइरन ८८३, स्ट्रिट र स्ट्रिट रड लगायत मोडल ग्राहकले खरिद गर्न सक्ने जनाएको छ । ग्राहकको माग अनुसार हार्लेको जुनसुकै मोडल पनि छिटै ल्याउन सकिने कम्पनीले जनाएको छ। 'अहिले हामी नेपाली बजारलाई सुटेबल हुने किसिमको उत्पादन ल्याउने योजनामा छौं र हार्लेको अहिलेको मुख्य उद्देश्य पनि यही हो,' कम्पनीका एक कर्मचारीले भने। 

पछिल्लो समय हार्लेको अमेरिकास्थित प्रमुख कार्यालयले विभिन्न मुलुकका बजारमा आफ्नो वर्चश्व बढाउनका लागि विभिन्न मोडलका नयाँ बाइकहरू उत्पादन गर्दै आएको जनाएको छ। स्ट्रिट रड ७० हर्सपावर र ७५० सीसीको स्ट्रिट रड ७५० को बाइक हो । २ सय ३८ केजी तौलको यो बाइक ओलिभ गोल्ड, विविड ब्ल्याक, रेड आरोन डेनिम, इलेक्ट्रिक ब्लु र बोनेभिल साल्ट डेनिम लगायत पाँच वटा रंगमा उपलब्ध छन्।

यो बाइकको सीट क्रुजरभन्दा पनि स्ट्रिट बाइकको आवरणमा रहेको कम्पनीले जनाएको छ। एक हजार आरपीएम भएको बाइकमा टर्क पावर ६८ वीएचपी (ब्रेकिङ हर्स पावर) र ६४ एनएम (न्युटन मिटर) छ। हार्लेको क्रुजर मोडलप्रति आकर्षित नभएका पारखीका लागि स्ट्रिट रड आकर्षक रहेको कम्पनीले जनाएको छ।