BIZMANDU
www.bizmandu.com

एमजीको विद्युतीय गाडीमा आकर्षण, डेढ सय गाडी बुकिङ

२०७६ मंसिर १७

एमजीको विद्युतीय गाडीमा आकर्षण, डेढ सय गाडी बुकिङ
एमजीको विद्युतीय गाडीमा आकर्षण, डेढ सय गाडी बुकिङ

Tata
GBIME
Nepal Life

काठमाडौं। एमजीको विद्युतीय गाडी जेडएस इभी डेढ सय बुकिङ भएको छ।एमजी गाडीको नेपालको अधिकृत बिक्रेता पारामाउन्ट मोटर्सले गत जुलाईमा बुकिङ खुल्ला गरेको थियो।

कम्पनीले यो विद्युतीय गाडीको सुरुवाती मूल्य ४९ लाख ९९ हजार रुपैयाँ राखेको छ।  एमजीका उत्पादनहरु विश्वभरका ६० भन्दा बढि देशहरुमा बिक्री हुन्छ । यो नयाँ एसयूभीमा सुरक्षालाई सुनिश्चित गर्दै ६ वटा एयरब्याग छ।

प्रिमियम प्यानारोमिक सन-रूफ र आरामदायी सीट छ। यो गाडीमा तीन वटा ड्राइभिङ मोड रहेको र चालकले आफू अनुकूल गाडी चलाउन सक्ने कम्पनीले जनायो। यो गाडीको डिजाइन र सुविधाले युरोपेली बजारमा भने राम्रो प्रतिक्रिया पाएको जनाइएको छ।

एमजी जेडएस इभीका लागि युरोपबाट ३००० अर्डर पाएको छ। कम्पनीका अनुसार पाँच सय थान एमजी जेडएस यही महिनामा नेदरल्याण्ड र नर्वेमा निर्यात गर्नेछ। यो गाडीले बेलायत, नेदरल्याण्ड र नर्वेमा सार्वजनिक भएदेखि नै सकारात्मक प्रतिक्रिया पाएको जनाउँदै तीन देशबाट तीन हजार भन्दा बढि अर्डरहरु प्राप्त गरिसकेको कम्पनीले जनाएको छ।