BIZMANDU
www.bizmandu.com

‍अन्तिम घण्टामा किन बढ्यो शेयर? बीमा कम्पनीले सूचक बढायो, कारोबार रकममा छैन सुधार

२०७६ मंसिर १७

‍अन्तिम घण्टामा किन बढ्यो शेयर? बीमा कम्पनीले सूचक बढायो, कारोबार रकममा छैन सुधार
‍अन्तिम घण्टामा किन बढ्यो शेयर? बीमा कम्पनीले सूचक बढायो, कारोबार रकममा छैन सुधार

Tata
GBIME
Nepal Life

काठमाडौं। जीवन बीमा कम्पनीको शेयरमा उल्लेख्य सुधार देखिए पनि बाणिज्य बैंकको शेयरमा सुधार हुन नसक्दा मंगलबार पनि बजारले गति लिन सकेन। सुरुदेखिनै बीमा कम्पनीले बजारको ‘लिड’ गरिरहेको थियो।

बीमाले बजारमा टेवा पुर्याउन खोजे पनि ५ अंक भन्दा माथिले सुधार देखिसकेको बजार अन्तिममा ३.७५ अंकले सुधार भएर रोकिएको छ। जीवन बीमा कम्पनीको सूचक ६३ अंकले बढेको छ भने निर्जीवन बीमा कम्पनीको सूचक १९ अंकले सुधार देखिएको हो।

सूचक सुधार भएर १११५.७४ अंकमा रोकिए पनि कारोबार रकम भने जम्मा २६ करोड ६८ लाख रुपैयाँमा सिमित भएको छ। कारोबार रकम र सूचक दुबै सुस्त देखिदै आएको बजारमा खासै आकर्षण देखिदैन।

कारोबारको अन्तिम एक घण्टामा बजार सुधार हुने संकेत देखिदा लगानीकर्ताको सहभागिता बढेको थियो। विगत एक साताको अवधिमा दुई वजे पछाडिको औसत कारोबार १३ करोड रुपैयाँ हाराहारीमा हुन्थ्यो। तर मंगलबार यस्तो कारोबार रकम २३ प्रतिशतले बढेको देखियो। अघिल्लो दुई घण्टा सुस्त देखिएको बजार पछिल्लो समय सुधार हुने संकेत देखिएको हो।

बजारमा सबैभन्दा धेरै माग नेपाल बैंकको रहेको छ। घोडिघोडा लघुवित्तको शेयर मूल्य बढ्ने क्रममा सर्किट लागेको छ। त्यस्तै पछिल्लो समय १०/१० कित्ताले मूल्य बढाउदै १५१६ रुपैयाँ पुर्याइएको साल्ट ट्रेडिङ कम्पनीको मूल्य घट्ने क्रममा मंगलबार ११८८ रुपैयाँमा झरेको छ।