BIZMANDU
www.bizmandu.com

दुई रुपैयाँ महँगो भयो पेट्रोल, डिजेल र मट्टितेल, ग्यासको भाउ यथावत

२०७६ मंसिर १६

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल आयल निगमले आज रातिबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ। पेट्रोल, डिजेल र मट्टितेलको मूल्य सोमबार राति १२ बजेपछि प्रतिलिटर २ रुपैयाँ महँगो हुँदैछ।

इन्डियन आयल कर्पोरेसनबाट १ डिसेम्बरमा जारी नयाँ खरीद मूल्यका आधारमा निगमले मूल्यवृद्धि गरेको हो। काठमाडौं उपत्यकामा प्रति लिटर पेट्रोलको मूल्य अब १ सय ९ रुपैयाँ, डिजेल र मट्टितेलको ९७ रुपैयाँ कायम हुनेछ।

हवाइ इन्धन र एलपी ग्यासको मूल्य बढेर आएको भए पनि हाललाई नेपालको मूल्य यथावत राखिएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।