BIZMANDU
www.bizmandu.com

 विहिबारदेखि सिप्रदीको टाटा मोटर्स ग्लोबल सर्भिस क्याम्प, यस्ता छन् सुविधा

२०७६ मंसिर १६

 विहिबारदेखि सिप्रदीको टाटा मोटर्स ग्लोबल सर्भिस क्याम्प, यस्ता छन् सुविधा
 विहिबारदेखि सिप्रदीको टाटा मोटर्स ग्लोबल सर्भिस क्याम्प, यस्ता छन् सुविधा

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङले यही मंसिर १९ देखि २१ गतेसम्म चौथौ टाटा मोटर्स ग्लोबल सर्भिस क्याम्प गर्ने भएको छ।

तीनदिने क्याम्प नेपालभर रहेका सिप्रदीका ५३ वटा सर्भिस वर्कशपमा हुने कम्पनीले जनाएको छ। सर्भिस क्याम्पमा टाटा मोटर्सका कमर्सियल गाडीहरूका ग्राहकहरूले निःशुल्क गाडीको जाँच गर्न पाउने छन् । कम्पनीका अनुसार तीनदिने सर्भिस क्याम्पमा टाटा जेन्युइन स्पेयर पार्टहरू, म्याक लुब्रिकेन्ट र एक्साइड ब्याट्रीमा छुट दिइने छ। कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्वको हिस्साअन्तर्गत निःशुल्क स्वास्थ्य जाँच तथा निःशुल्क आँखा जाँच पनि गर्ने जनाएको छ।

कम्पनीका अनुसार ४७ पोइन्ट्स चेकअप, कम्प्युटर डाइग्नोसिस, इलेक्ट्रिकल तथा ब्याट्री परीक्षण,एफआईपी परीक्षण, टायर परीक्षण, प्रदूषण जाँच, लन्च निःशुल्क हुनेछ। दैनिक मोबाइल फोन र बम्पर लक्की ड्र पनि हुने कम्पनीले जनाएको छ। ग्राहकले सर्भिस क्याम्पमा सहभागी हुन ९८०१२२३३०० मा मिस कल दिएर दर्ता गर्न सकिने कम्पनीले जनाएको छ।