BIZMANDU
www.bizmandu.com

गोदरेज अप्लाएन्सेसले ल्याएको “फ्रि कपल ट्रिप टु बाली” बिजेताको घोषणा गर्यो

२०७६ मंसिर १५

गोदरेज अप्लाएन्सेसले ल्याएको “फ्रि कपल ट्रिप टु बाली” बिजेताको घोषणा गर्यो
गोदरेज अप्लाएन्सेसले ल्याएको “फ्रि कपल ट्रिप टु बाली” बिजेताको घोषणा गर्यो


काठमाडौं। गोदरेज अप्लाएन्सेसले चाडपर्वमा ल्याएको  'फ्रि कपल ट्रिप टु बाली' योजनाको लक्की–ड्रको नतिजा सार्वजनिक गरेको छ।

Tata
GBIME
Nepal Life

गोदरेजको आधिकारिक फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गरी टंगालस्थित सोरूममा विजेता घोषणा गरिएको हो।

भदौ २० देखि कात्तिक ३० गतेसम्म लागू गरिएको यो योजनामा गोदरेज ब्राण्डको प्रत्येक उत्पादनहरु (रेफ्रिजेरेटर, चेष्ट फ्रिजर, वासिङ मेसिन र माइक्रोवेभ ओभन) को खरिदमा नगद छुटका साथ  लक्की–ड्र मार्फत बाली भ्रमण राखिएको थियो। 

फेसबुकबाट लाइभ गरिएको लक्की–ड्रमा मुस्ताङ चोक, पोखराकी मुना थापा र हेम्जाका प्रदीप थापा गरी दुई जोडीहरूले इण्डोनेशियाको बाली घुम्न जाने अवसर प्राप्त गरेका हुन्।