BIZMANDU
www.bizmandu.com

हुन्डाइको विन्टर डिलाइट योजना, एक्सचेञ्च र मूल्याङ्कनको सुविधा, एक बर्षको कर भुक्तानी

२०७६ मंसिर १५

हुन्डाइको विन्टर डिलाइट योजना, एक्सचेञ्च र मूल्याङ्कनको सुविधा, एक बर्षको कर भुक्तानी
हुन्डाइको विन्टर डिलाइट योजना, एक्सचेञ्च र मूल्याङ्कनको सुविधा, एक बर्षको कर भुक्तानी


काठमाडौं। हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले 'हुन्डाई विन्टर डिलाइट' योजना ल्याएको छ। 

Tata
GBIME

योजनामार्फत ग्राहकले हरेक हुन्डाई गाडीको खरिदमा नगद छुटका साथै विभिन्न सुविधा प्राप्त गर्ने अवसर पाउने विज्ञप्तिमा उल्लेख छ। 

ग्राहकका लागि हुन्डाईका हरेक गाडीको खरिदमा नगद छुटका साथै एक वर्षसम्मको निःशुल्क बिमा, आकर्षक एक्सचेन्ज बोनस उपलब्ध हुने छ। 

स्पट एक्सचेन्ज तथा मूल्यांकनको सुविधा र एक वर्षसम्मको निःशुल्क सडक कर (चालु आर्थिक वर्षको) समेत प्राप्त गर्न सक्नेछन्। साथै हरेक हुन्डाई गाडीको खरिदमा चार वर्षसम्म निःशुल्क सर्भिस र तीन वर्षको वारेन्टी पनि प्राप्त गर्न सकिने छ।