BIZMANDU
www.bizmandu.com

वर्ल्डलिंकले साग खेल हुने सबै ठाउँमा निःशुल्क वाईफाई दिने

२०७६ मंसिर १५

वर्ल्डलिंकले साग खेल हुने सबै ठाउँमा निःशुल्क वाईफाई दिने
वर्ल्डलिंकले साग खेल हुने सबै ठाउँमा निःशुल्क वाईफाई दिने

Tata
GBIME

काठमाडौं। वर्ल्डलिंक कम्युनिकेशनले दक्षिण एशियाली खेलकुद (साग) हुने सबै रंगशालामा खेल अवधिभर उच्च गतिको इन्टरनेट निःशुल्क उपलब्ध गराउने भएको छ।

प्रयोगकर्ताले आफ्नो मोबाइल नम्बरबाट लग-इन गरेर दैनिक एक जीबी डाटा दैनिक निःशुल्क प्रयोग गर्न पाउने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यसका लागि फेसबुकको प्लेटफर्म एक्स्प्रेस वाइफाइसँग सहकार्य गरिएको छ। काठमाडौं र पोखरामा डिसेम्बर १ देखि १० सम्म हुन गइरहेको १३ औं एशियाली खेलकुदमा २७ वटा विभिन्न खेलका प्रतियोगिता हुनेछन्।

सागमा नेपाल, मालदिभ्स, भुटान, बंगलादेश, भारत, पाकिस्तान र श्रीलंका गरी सात देशका खेलाडीले भाग लिनेछन्। कम्पनीका अनुसार मुख्य खेल हुने स्थान दशरथ रंगशाला, त्रिपुरेश्वर कभर्ड हल, सातदोबाटो स्पोर्ट्स कम्प्लेक्स, आर्मी फिटनेस सेन्टर लगनखेल, पोखरा रंगशाला र पोखरा कभर्ड हलमा निःशुल्क वाइफाइ सुविधा उपलब्ध हुनेछ।