BIZMANDU
www.bizmandu.com

‘मेरो प्लान’ लिने ग्राहकलाई एनसेलको बोनस डेटा, निःशुल्क युट्युब भिडियो स्ट्रिमिङ गर्न सक्ने

२०७६ मंसिर १३

‘मेरो प्लान’ लिने ग्राहकलाई एनसेलको बोनस डेटा, निःशुल्क युट्युब भिडियो स्ट्रिमिङ गर्न सक्ने
‘मेरो प्लान’ लिने ग्राहकलाई एनसेलको बोनस डेटा, निःशुल्क युट्युब भिडियो स्ट्रिमिङ गर्न सक्ने

Tata
GBIME

काठमाडौं। एनसेलले आफ्ना प्रिपेड ग्राहकका लागि आकर्षक बोनस डेटा योजना ल्याएको छ। योजनाअनुसार मेरो प्लान लिएका एनसेलका ग्राहकहरूले अब बोनस डेटा प्राप्त गर्दै निःशुल्क युट्युब भिडियो स्ट्रिमिङ गर्न सक्ने कम्पनीले जनाएको छ।

यो योजना शुक्रबारदेखि लागू भएको छ। कम्पनीका अनुसार मेरो प्लान लिएका प्रिपेड ग्राहकले निश्चित बोनस डेटा भोलुम प्राप्त गर्नेछन्। प्राप्त भोलुमबाट ग्राहकले युट्युब तथा आइफ्लिक्समा निःशुल्क भिडियो स्ट्रिमिङ र गुगल म्याप, जीमेल तथा अन्य गुगलका सेवा प्रयोग गर्न पाउने छन् ।

यो योजनाअन्तर्गत प्लान १९९ र प्लान २९९ सुचारू गर्ने ग्राहकले बोनस स्वरुप १ जिबी र ३ जिबी डेटा प्राप्त गर्ने छन्। कम्पनीका अनुसार प्लान ४९९ र प्लान ७९९ सुचारु गर्ने ग्राहकले बोनस स्वरुप ६ जिबी र १५ जिबी डेटा प्राप्त गर्नेछन्। त्यस्तै प्लान ९९९ सुचारु गर्ने ग्राहकले थप २५ जिबी डेटा दिइने कम्पनीको योजनामा छ । 

एनसेलको मेरो प्लानअन्तर्गत प्रिपेड ग्राहकले बिना कुनै झन्झट कुनै पनि समय आकर्षक डेटा सेवा लिनसक्ने विज्ञप्तिमा उल्लेख छ। कम्पनीका ग्राहकले 'अन नेट' अर्थात एनसेल नेटवर्कभित्र भ्वाइस र एसएमएस सेवा पनि अझ सुलभ दरमा लिन सक्ने बताइएको छ। ग्राहकले एस्ट्रिक्स ३०२ ह्यास डायल गरी प्राप्त निर्देशनअनुसार मेरो प्लान सुचारू गर्न सक्ने कम्पनीले जनाएको छ ।