BIZMANDU
www.bizmandu.com

नेपाल बंगलादेश बैंकले नि:सहाय सेवा सदनलाई सहयोग दियो

२०७६ मंसिर १३

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल बंगलादेश बैंकले नयाँ बानेश्वर नि:सहाय सेवा सदनलाई एक लाख रुपैयाँ सहयोग गरेको छ।  

बैंकले हस्तान्तरण गरेको सो रकमले सदनका नि:सहाय ज्येष्ठ नागरिकका लागि आवश्यक पर्ने विभिन्न सामग्री जुटाउन उपलब्ध गराइएको हो। यो सहयोगले सदनमा आश्रित सबै ज्येष्ठ नागरिकलाई बसोबास तथा स्वस्थ उपचारमा सहज हुने सदनका उपाध्यक्ष करुणागोविन्द श्रेष्ठले जानकारी दिए।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भूषण श्रेष्ठले बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई सधै आफ्नो उच्च प्राथमिकतामा राख्दै आएको जानकारी दिए।