BIZMANDU
www.bizmandu.com

बिहेको सिजनमा सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ७१ हजार ३ सयमा कारोबार हुँदै

२०७६ मंसिर १३


काठमाडौं। मध्य विवाहको सिजनमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि सुनचाँदीको मूल्य बढाएर तय गरेको छ । सुन प्रतितोला तीन सय रूपैयाँले बढाएर ७१ हजार तीन सय रूपैयाँ कायम गरेको हो ।

Tata
GBIME
Nepal Life

बिहीबार प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेका कारण स्थानीय बजारमा सुनको मूल्य बढाइएको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा शुक्रवार प्रतिऔस सुनको मूल्य १४ सय ६४ डलर कायम छ ।

बिहीबार प्रतिऔस १४ सय ६१ डलर थियो । प्रतिऔस तीन डलर बढेकाले स्थानीय बजारमा प्रतितोला सुनको मूल्य बढेको हो ।

अन्तर्राष्ट्रिय बजारमा तय हुने मूल्यको आधारमा स्थानीय बजारका लागि महासंघले सुनको मूल्य तय गर्दै आएको छ ।

सुनसँगै चाँदीको मूल्य पनि बढेको छ । शुक्रबारका लागि चाँदी प्रतितोला मूल्य आठ सय ५५ रुपैयाँ कायम गरिएको छ ।

बिहीबार प्रतितोला आठ सय रूपैयाँमा कारोबार भएको थियो । बिहीबारको तुलनामा प्रतितोला पाँच रुपैयाँले बढेको हो ।