BIZMANDU
www.bizmandu.com

राज ब्रुअरीले ल्यायो विश्व प्रसिद्ध फोस्टर्स लागर बियर, ५० बढि देशमा बिक्री हुन्छ फोस्टर्स

२०७६ मंसिर १३

राज ब्रुअरीले ल्यायो विश्व प्रसिद्ध फोस्टर्स लागर बियर, ५० बढि देशमा बिक्री हुन्छ फोस्टर्स
राज ब्रुअरीले ल्यायो विश्व प्रसिद्ध फोस्टर्स लागर बियर, ५० बढि देशमा बिक्री हुन्छ फोस्टर्स


काठमाडौं। राज ब्रुअरी प्रालिले शुक्रबारदेखि  औपचारिक रुपमा फोस्टर्स लागर बियरको बिक्री सुरु गरेको छ। फोस्टर्स जुन अष्ट्रेलियाको बियर संस्कृतिसँग प्रेरित छ। 

Tata
GBIME

फोस्टर्सको ब्रुअरीमा १४० वर्षभन्दा बढीको विज्ञता छ। यो सन्सार भर वार्षिक ५० करोड लिटरभन्दा धेरै बिक्री हुन्छ। केहीअघि फोस्टर्स गोल्ड स्ट्रङ्ग बियर नेपालीमा बजारमा आएको थियो। 

फोस्टर्स लागर बियर वरफले छान्छ। विज्ञप्तिमा उल्लेख भए अनुसार बिय।लाई झण्डै शुन्य डिग्री तापक्रममा छान्ने गरिन्छ। 

राज ब्रुअरीले विश्व प्रसिद्ध बियर निर्माता एबिइनबेभका ख्याति प्राप्त बियर ब्राण्डहरुको उत्पादन सम्बन्धमा साझेदारी गर्न सम्झौता गरेको थियो। राज ब्रुअरी विश्वमै प्रसिद्ध ब्रु मास्टर एबिइनबेभ र बार्सटेनर इन्टरनेशनलद्वारा मान्यता दिइएको नेपालको अत्याधुनिक प्रविधियुक्त ब्रुअरी हो।

राज ब्रुअरी, जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजअन्तर्गतको कम्पनी हो। जावलाखेल ग्रुपले रुसलान, गोल्डेन ओक र ब्लु डायमण्डजस्ता ब्रान्डका मदीरा उत्पादन गर्दै आएको छ। 

बेल्जियममा केन्द्रीय कार्यालय रहेको एबिइनबेभको विश्वका झण्डै ५० भन्दा बढी देशहरुमा उपस्थिति रहेको छ। ५०० भन्दा ज्यादा ख्याति प्राप्त बडवेएजर, बड लाइट, हार्बिन, कोरोना एक्स्ट्रा र ब्राहृमाजस्ता ब्राण्डहरु पनि उपलब्ध गराउँछ। यसको अन्य ब्राण्डहरुमध्ये स्टेला अर्टोइज, बेक्स क्यासल, क्यासल लाइट, लेफे र होए गार्डेन हो।