BIZMANDU
www.bizmandu.com

ठमेलमा बन्दैछ अत्याधुनिक व्यापारिक टावर, आठ तल्लाको टावरमा वुटिक होटल पनि खुल्ने

२०७६ मंसिर ११

ठमेलमा बन्दैछ अत्याधुनिक व्यापारिक टावर, आठ तल्लाको टावरमा वुटिक होटल पनि खुल्ने
ठमेलमा बन्दैछ अत्याधुनिक व्यापारिक टावर, आठ तल्लाको टावरमा वुटिक होटल पनि खुल्ने


Tata
GBIME
Nepal Life

काठमाडौं। पर्यटकीय गन्तब्य ठमेलमा वुटिक होटलसहितको ठमेल टावर निर्माण हुने भएको छ। नेपालका प्रतिष्ठित व्यवसायिक समूहले निर्माण गर्न लागेको यो टावरको अर्को सातादेखि काम सुरु हुनेछ।

नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष राजेन्द्र मल्ल, नेपाल हिमालय सीमापार वाणिज्य संघका संस्थापक अध्यक्ष दुर्गाबहादुर श्रेष्ठ लगायतको समूहले ५० करोड लगानीमा टावर निर्माण गर्न लागेका हुन्। ‘हामीले आज भूमि पूजा गर्यौ। अर्को सातादेखि टावर निर्माण सुरु हुन्छ’ ठमेल ट्रेड सेन्टरका अध्यक्ष मल्लले बिजमाण्डूसँग भने,’एक वर्षभित्र टावर निर्माण भइसक्नेछ।’

८ आना जग्गामा निर्माण हुने टावर आठ तल्लाको हुनेछ। टावर कुनैपनि कर्पोरेट अफिस र ब्राण्डेड शप खोल्न चाहनेले किन्न सक्ने उनले बताए। ‘ठमेलमा अत्याधुनिक टावर निर्माण हुनेछ। केही तल्ला हामीले पसल किन्न चाहनेलाई बिक्रीनै गर्नेछौं। माथिका केही तल्लामा भने वुटिक होटल निर्माण गर्नेछौ’ मल्लले भने,’ठमेलको प्राइम लोकेशनमा भएकाले व्यापारका लागि उपयुक्त हुने हाम्रो विश्वास छ।’

टावरमा २४सै घण्टा सुरक्षा,लिफ्ट, एयरकण्डिसन र फायर फाइटिङ सिस्टम रहनेछ। टावर निर्माण गर्दा उच्चस्तरीय निर्माण सामाग्रीको प्रयोग गरेर भूकम्प प्रतिरोधि बनाइने कम्पनीले जनाएको छ।