BIZMANDU
www.bizmandu.com

सुख्खा बन्दरगाह र आइसिपीले चर्चेको जग्गा तत्काल सल्टाउन माग, धुरकै २५ लाख माग

२०७६ मंसिर १०

वीरगंज। सिर्सिया सुख्खा बन्दरगाह र एकीकृत जाँच चौकीबीचको जग्गा अधिग्रहणका लागि रोक्का राखिएको भन्दै तत्कालै समस्या समाधानका लागि स्थानीयले आग्रह गरेका छने। यी दुई योजनाका लागि ६२ विघा जग्गा रोक्का राखिएको छ।
 
वडा नं. २५ का वडाध्यक्ष विशराज कुर्मीको सक्रियतामा गठन भएको सिर्सिया मुआब्जा संघर्ष समितिका अध्यक्ष विजय तिवारीको नेतृत्वमा गएको टोलीले मंगलबार सुख्खा भन्सारका प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै जग्गा अधिग्रहणको प्रक्रिया चाँडै पूरा गर्न माग गरिएको छ। स्थानीयले तीन वर्षदेखि जग्गा रोक्का राख्दा जग्गा किनबेचेदेखि भौतिक संरचना बनाउन नपाएको बताएका छन्।

Tata
GBIME

जिल्ला प्रशासन कार्यालय, पर्साले मुआब्जा वितरणका लागि थालेको तयारीप्रति पनि उनीहरुले असन्तुष्टी जनाएका छन्। भन्सार प्रमुख श्रेष्ठले स्थानीयको सरोकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसमक्ष राख्ने प्रतिवद्धता जनाए। यसअघि जिल्ला प्रशासन कार्यालय, पर्सा अन्तर्गत मुआब्जा उपसमितिले तीनवटा आधारमा जग्गाको मूल्यांकन गरेर मुआब्जा दिन खोज्दा स्थानीयले स्वीकार गरेका थिएनन्।

उपसमितिले मालपोत कार्यालय, वीरगंज महानगरपालिका र बैंकिङ च्यानलमा देखिएको जग्गाको मूल्याड्ढनको आधारमा तीनवटैलाई जोडेर त्यसलाई भाग गरी औसत मूल्याड्ढन निकालेको थियो । पद्मरोड छेउको जग्गा, आइसिपी रोड छेउको जग्गा र सिर्सिया गाउँको घडेरी तथा कालोपत्रे रोडको जग्गाको छुट्टाछुट्टै मूल्याड्ढन दर निकालिएको थियो । तर गाउँलेहरूले जग्गाको अहिलेको भाउका आधारमा मुआब्जा दिन माग गरेका थिए।

गाउँलेहरूका अनुसार पद्मरोड र आइसिपी रोडको छेउछाउको जग्गा धुरको २१ लाख माग गरिरहेका छन् भने गाउँको घडेरीको जग्गा धुरको २५ लाख माग गरेका छन्।