BIZMANDU
www.bizmandu.com

एनआइसी एसिया बैंकले बचत खातामा साढे नौं प्रतिशत ब्याज दिने, मुद्दतिजस्तै ९० प्रतिशत ऋण

२०७६ मंसिर ३

एनआइसी एसिया बैंकले बचत खातामा साढे नौं प्रतिशत ब्याज दिने, मुद्दतिजस्तै ९० प्रतिशत ऋण
एनआइसी एसिया बैंकले बचत खातामा साढे नौं प्रतिशत ब्याज दिने, मुद्दतिजस्तै ९० प्रतिशत ऋण

Tata
GBIME
Nepal Life

काठमाडौं। एनआइसी एसिया बैंकले नयाँ सुपर चमत्कारिक मासिक निक्षेप खाता सार्वजनिक गरेको छ। बचत खातामा बैंकले साढे नौं प्रतिशत ब्याज दिने घोषणा गरेको छ। 

निक्षेप योजनामा तीन महिनादेखि १० वर्षसम्म न्यूनतम ५०० रुपैयाँको गुणनमा निश्चित रकमबाट खाता सुचारु गर्न सकिने छ। कुनै पनि समय आफूसँग अतिरिक्त रकम भएमा १०० रुपैयाँको गुणन दरले ५०० रुपैयाँभन्दा बढी रकम जम्मा गर्न सकिने छ। 

बैंकले मासिक रुपमा थोरै–थोरै रकम जम्मा गरी बचतमा मुद्दती बराबरको लाभ लिन सक्ने जनाएको छ। 

कुनै महिना तोकिएको रकम बुझाउन असमर्थ भएमा अर्को महिना किस्ता बराबरको रकम कुनै अतिरिक्त शुल्क बिना यथास्थितिमा बुझाउन सकिनेछ। 

मोबाइल बैकिङ्ग, इन्टरनेट बैकिङ्ग वा सिधै उपयुक्त पर्ने बैंकको शाखामार्फत् रकम जम्मा गर्न सकिने सुविधा उपलब्ध छ। खातावाहकले निक्षेपको ९० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सक्ने छन्। निक्षेप योेजनाको ५० प्रतिशत परिपक्व हुने अवधि कटेपछि आवश्यक परेको खण्डमा खाताबाट रकम झिक्न पनि सकिने छ।