BIZMANDU
www.bizmandu.com

सोल्टी होटलले घोषणा गर्यो २६ प्रतिशत लाभांस, पुष २४ गते साधारणसभा, लाभांस दर दोहोरियो

२०७६ मंसिर ३

सोल्टी होटलले घोषणा गर्यो २६ प्रतिशत लाभांस, पुष २४ गते साधारणसभा, लाभांस दर दोहोरियो
सोल्टी होटलले घोषणा गर्यो २६ प्रतिशत लाभांस, पुष २४ गते साधारणसभा, लाभांस दर दोहोरियो


काठमाडौं। सोल्टी होटलले १५ प्रतिशत बोनस शेयर र ११.३१ प्रतिशत नगद लाभांस घोषणा गरेको छ। कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले लाभांस घोषणासँगै साधारणसभाको मिति पनि तय गरेको छ।
 
होटलले पुस २४ गते ४५औं वार्षिक साधारणसभा डाकेको छ। साधारणसभाले लाभांस पारित गरेपछि शेयरधनीहरुले पाउने छन्। मंसिर २४ गतेसम्म शेयर खरिद गर्नेले लाभास प्राप्त गर्न सक्ने छन्। 

Tata
GBIME
Nepal Life

साधारणसभा प्रयोजनका लागि मंसिर २५ गतेदेखि पुस २४ गतेसम्म बुक क्लोज गर्ने भएको छ। शेयरधनीले ८ करोड २९ लाख रुपैयाँ नगद लाभांस पाउने छन् भने एक करोड ९ लाख कित्ता बोनस शेयर प्राप्त गर्न सक्ने छन्। सोल्टी होटलको शेयरको अंकित मूल्य १० रुपैयाँ हो।

होटलले गत वर्षकै लाभांस दरलाई निरन्तरता दिए पनि यस वर्ष बोनस शेयरलाई प्राथमिकता दिएको छ। होटलको हालको चुक्ता पूँजी ७३ करोड २६ लाख रुपैयाँ छ। बोनस शेयरपछि चुक्ता पूँजी ८४ करोड २५ लाख रुपैयाँ छ। 

होटलले गत वर्ष दुई करोड ९५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यस आधारमा प्रतिशेयर आम्दानी ३.७४ रुपैयाँ छ।