BIZMANDU
www.bizmandu.com

मुक्तिनाथ विकास बैकले दियो ब्यवसायीलाई साक्षरता तालिम, सिकायो नियम कानुन

२०७६ मंसिर २


काठमाडौं। मुक्तिनाथ विकास बैंकले आफ्ना कार्यक्षेत्रका स्थानीय उद्योगी, व्यवसायीहरुलाई व्यवसायीक साक्षरता कार्यक्रम दाङको तुलसीपुर उपमहानगरपालिकामा आयोजना गरेको छ। 

Tata
GBIME
Nepal Life

व्यवसायीक साक्षरता कार्यक्रममा व्यवसायको खोजी तथा व्यवस्थापन, व्यवसाय दर्ता, बजार व्यवस्थापन, बजार प्रबद्र्धनका लागि आवश्यक कानुनी कागजात तथा कार्यविधी, दोहोरो लेखा प्रणाली, आय कर, मुल्य अभिबृद्धि कर ऐनमा भएका संसोधनहरु, वित्तीय कारोबार बारे चेतना जगाउने, कर्जा तथा विप्रेषणबाट प्राप्त रकमको उत्पादनमूलक लगानी बारेमा जानकारी गराएको थियो। 

व्यवसायीक साक्षरता कार्यक्रममा ४० जना स्थानीय उद्योगी, व्यवसायीहरुको सहभागीता रहेको थियो।