BIZMANDU
www.bizmandu.com

एकमात्र महिला सिइओ अनुपमाको तलब एक करोडमाथि, मेगा बैंकका कर्मचारीले कति बुझे?

२०७६ कात्तिक २९


काठमाडौं। बाणिज्य बैंकहरु मध्येकै एक मात्र महिला प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले वार्षिक एक करोड दुई लाख रुपैयाँ तलब बुझेकी छिन्।

Tata
GBIME
Nepal Life

बैंकले गत आर्थिक वर्षमा उनलाई तलब बाहेक ८ लाख ५० हजार रुपैयाँ दशैँ भत्ता र तीन लाख ९३ हजार रुपैयाँको इन्धन समेत उपलब्ध गराएको छ।

प्रमुख कार्यकारीको रुपमा उनलाई बैंकले गाडी सुविधा, चालक, मोबाइल खर्च, बीमा  र ऐन बमोजिमको बोनस दिएको छ। यो सुविधा बैंकका अन्य उच्च व्यवस्थापन तथा प्रवन्धकहरुले पनि पाउँछन्।

उच्च व्यवस्थापन तथा प्रवन्धकहरुले गत वर्ष चार करोड ४३ लाख रुपैयाँ तलब बुझेका छन्। यस बाहेक उनीहरुले दुई करोड ७४ लाख रुपैयाँ भत्ता लिएका छन्।

उच्च व्यवस्थापन तहमा रवीना देशराज श्रेष्ठ, तुल्सीराम पोखरेल, मनोज खड्का, प्रज्ञा पाण्डे, अमित श्रेष्ठ र राजेश शर्मा रहेका छन्। त्यस्तै प्रबन्धक तहमा ४३ जना रहेका छन्।

गत आर्थिक वर्षमा कर्मचारीहरुले २५ करोड ८९ लाख रुपैयाँ बोनस पाएका छन्। ऐन अनुसार बैंकले नाफाको १० प्रतिशत रकम कर्मचारीहरुलाई बोनस प्रदान गरेको हो।

बैंकले गत आर्थिक वर्षमा एक अर्ब ६२ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो। कर्मचारीहरुका लागि तलब, बोनस तथा अन्य सुविधाका लागि मात्रै बैंकले एक अर्ब १५ करोड रुपैयाँ खर्च गरेको छ।

सञ्चालक समितिले बैठक भत्ता ४२ लाख ७५ हजार रुपैयाँ प्राप्त गरेका छन्। उनीहरुले यस बाहेक मोबाइल तथा पत्रपत्रिकाको लागि ५ लाख ९५ हजार रुपैयाँ पाउछन्।