BIZMANDU
www.bizmandu.com

सामाजिक सुरक्षा कोषलाई एफएनसीसीआईको साथ, सबै व्यवसायी आवद्ध गर्ने निर्णय

२०७६ कात्तिक २८

Tata
GBIME
Nepal Life

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले सामाजिक सुरक्षा कोषमा आवद्ध हुने निर्णय गरेको छ। महासंघकी अध्यक्ष भवानी राणाको सभापतित्वमा बसेको कार्यकारिणी समितिको बैठकले सो निर्णय गरेको हो।

यसअघि सामाजिक सुरक्षा कोषका बारेमा महासंघको केही असहमति थियो। त्यही असहमतिका कारण धेरै कर्पोरेट हाउस र व्यवसायिक कम्पनी कोषमा गएका थिएनन्।सरकारले अगाडी बढाएको सामाजिक सुरक्षा योजना र सामाजिक सुरक्षा कोषका विषयमा महासंघका सदस्य संघ संस्था, जिल्लानगर उवासंघ, वस्तुगत संघहरू, एसोसिएट उद्योग प्रतिष्ठाहरूसंग यथाशीघ्र छलफल गरी अघि बढ्ने निर्णय भएको महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

बैठकले कात्तिक २९ गते हुने विशेष साधारणसभा रोक्का गर्ने स्थायी समितिको निर्णय अनुमोदन गरेको छ।महासंघले उद्योगी/व्यवसायीहरू माथि विभिन्न समयमा राज्यका तर्फबाट हुँदै आएका व्यवहार/रवैयाले स्वदेशी एवं विदेशी लगानीको वातावरणमा समेत प्रतिकुल प्रभाव पर्ने   निष्कर्ष निकालेको छ।

बैठकले मुलुकभित्रका उद्यमी/व्यवसायीलाई राज्यका सवै सरोकारवाला निकायबाट कानुनी शासनको अवधारणा अनुरुप सम्मानजनक व्यवहारको माग गरेको छ।