काठमाडौं। दैनिक सूचक घट्दै गएपछि शेयर बजारको अवस्था दयनीय बन्दै गएको छ। लगानीकर्तामा छाएको चरम निरासा कारोबारमा देखिन थालेको छ। कारोबार रकम पनि आधाले घटाएका छन्।
निश्चित पूँजी बोकेर हिँड्ने सर्वसाधारण लगानीकर्ता त निरास छन् नै संस्थागत लगानीकर्ताको अवस्था पनि उस्तै छ। संस्थागत र सामूहिक लगानी कोषहरुको रुची पनि शेयर बजारबाट हट्दै गएको छ।
व्यक्तिगत लगानीकर्ताले आफ्नो बुद्धि/विवेक प्रयोग गरेर लगानी गर्छन्। संस्थागत लगानीकर्ताहरूले शेयर बजारको अध्ययन अनुसन्धानका लागि कर्मचारी नै खटाएका हुन्छन्।
बजारको राम्रो ज्ञान भएका संस्थागत लगानीकर्ताका कर्मचारीले समेत यति बेला लगानी घटाउन सल्लाह दिन थालेका छन्। यही कारण अहिले कारोबार रकम उल्लेख्य घटिसकेको छ।
चालु आर्थिक बर्षयता शेयर बजार लगातार घटेपछि संस्थागत लगानीकर्ताले आधाभन्दा बढि कारोबार घटाएका छन्। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले उपलब्ध गराएको चार महिनाको कारोबार तथ्यङ्क अनुसार, संस्थागत लगानीकर्ताले ५८.११ प्रतिशतले कारोबार घटाएका छन्।
संस्थागत लगानीकर्ताले शेयर कारोबार घटाएपछि समग्र किनबेचमै असर परेको छ। गत साउन र भदौमा भएको कारोबारसँग असोज र कात्तिकको कारोबार तुलना गर्दा समग्र कारोबार रकम ५५.८७ प्रतिशतले खुम्चिएको छ।
गत साउन र भदौमा संस्थागत लगानीकर्ताले दुई अर्ब ९५ करोड रुपैयाँ बराबरको कारोबार गरेका थिए। असोज र कात्तिकमा भने एक अर्ब २३ करोड रुपैयाँको मात्रै कारोबार गरेका छन्।
२०७६ साउन १ देखि भदौ मसान्तसम्मको शेयर कारोबार |
||||
शेयर कित्ता |
कुल रकम |
कुल करोबार |
लगानीकर्ता किसिम |
|
11823284 |
2952187288.71 |
21002 |
कर्पोरेट |
|
104340238 |
27464479111 |
628758 |
व्यक्तिगत |
|
3711820 |
1422272201 |
628758 |
सामूहिक लगानी कोष |
|
119875342 |
31838938600.68 |
1278518 |
संस्थागत लगानीकर्ताले कारोबार घटाएपछि व्यक्तिगत र सामूहिक लगानी कोषले समेत शेयर किनबेच गर्न छाडेका छन्।
चालु आर्थिक वर्षको चार महिनामा सबैभन्दा बढी सामूहिक लगानी कोषले ६८.९८ प्रतिशत र व्यक्तिगत लगानीकर्ताले ५४.९४ प्रतिशतले शेयर कारोबार घटाएका छन्। साउन/भदौमा सामूहिक लगानी कोषले एक अर्ब ४२ करोड रुपैयाँको कारोबार गरेका थिए। पछिल्लो दुई महिनामा कोषहरूको कारोबार ६८.९८ प्रतिशतले घटेर ४४ करोड ११ लाख रुपैयाँमा समेटिएको छ।
व्यक्तिगत लगानीकर्ताको कारोबार ५४.९४ प्रतिशतले घटेको छ। उनीहरूले अघिल्लो दुई महिनामा २७ अर्ब रुपैयाँ बराबरको शेयर कारोबार गरेकोमा पछिल्लो दुई महिनामा उनीहरूको कारोबार १२ अर्ब रुपैयाँमा घटेको छ। कारोबार रकमसँगै कारोबार हुने शेयर सङ्ख्या र कारोबार (ट्रान्जेक्सन) दुवै घटेका छन्।
२०७६ भदौ १ देखि कात्तिक २५ सम्मको शेयर कारोबार |
||||
शेयर कित्ता |
कुल रकम |
कुल करोबार |
लगानीकर्ता किसिम |
|
4179905 |
1236618068.44 |
7258 |
कर्पोरेट |
|
48019807 |
12373576832 |
235622 |
व्यक्तिगत |
|
1235988 |
441135472 |
2193 |
सामूहिक लगानी कोष |
|
53435700 |
14051330372.42 |
245073 |
साउनयता शेयर बजार घट्दो क्रममा रहेको कारण लगानीकर्ताले खुलेर कारोबार नगरेका हुन्। साउनयता आइतबारसम्म नेप्से सूचक ७५.१५ अंकले घटिसकेको छ।
गत साउन १ गते १२६९.९२ अंकमा रहेको सूचक आइतबार ११९४.७७ अंकमा कायम छ। बजार घट्दै गएकोले संस्थागत लगानीकर्ताले कारोबार घटाउँदै लगेको इन्भेष्टर फोरमका पूर्व अध्यक्ष डा. आत्माराम घिमिरेले बताए। साउनयता सबै लगानीकर्तामा बजार घट्ने मनोवैज्ञानिक असर परेका कारण संस्थागत लगानीकर्ताले समेत कारोबार घटाएको उनको भनाइ छ।
पहिलेकै शेयरमा ठूलो घाटा रहेको छ त्यही कारण उनीहरुले नयाँ शेयर थप्ने साहससमेत गर्न सकेका छैनन्। व्यक्तिगत लगानीकर्ताले व्याज दरको दबाबमा थप लगानी गर्न नसकेपछि कारोबार घटाउँदै लगेको उनले बताए।
बजार लगातार घट्दो क्रममा रहेको र सर्वसाधारणको रकम सुरक्षित लगानी गरी प्रतिफल समेत दिनुपर्ने दायित्व सामूहिक लगानी कोषहरुमा रहेकोले रणनीतिक रुपमै कारोबार घटाएको ग्लोबल आईएमई क्यपिटलका प्रमसख कार्यकारी अधिकृत पारसमणि ढकालले बताए।