BIZMANDU
www.bizmandu.com

एनएमबि बैंकले अहिलेसम्मकै सर्वाधिक लाभांश दिँदै, शेयरधनीले २१% बोनस शेयर र १४% नगद पाउने

२०७६ कात्तिक २५

Tata
GBIME
Nepal Life

काठमाडौं। एनएमबि बैंकले अहिलेसम्मकै सर्वाधिक लाभांश घोषणा गरेको छ। बैंकले ३५ प्रतिशत लाभांश घोषणा गरेको हो। शेयरधनीले २१ प्रतिशत बोनस शेयर १४ प्रतिशत नगद लाभांश पाउने बैंकले जनाएको छ।

यो लाभांश दर बैंकको हाल सम्मकै उच्च लाभांश दर हो। बैंकले यस अघि बैंकले गत वर्ष ३० प्रतिशत लाभांश दिएको थियो।  

चालु आर्थिक वर्षमा वाणिज्य बैंकहरूले हालसम्म घोषणा गरेको लाभांशमै एनएमबि बैंकको लाभांश सर्वाधिक हो। यो भन्दा बढी लाभांश चालु आर्थिक वर्षमा कुनैपनि वाणिज्य बैंकले घोषणा गरेका छैनन्।

यो लाभांश तात्कालीन ओम डेभलपमेन्ट बैंकका शेयरधनीले समेत पाउने भएका छन्। मर्जर पछि ओम बैंकको शेयर समेत चुक्ता पूँजीमा समाहित गरिसकेको छ।

बैंकले चुक्ता पूँजी ११ अर्ब ५२ करोड रुपैयाँ छ। बैंकले घोषणा गरेको लाभांश साधारण सभा र नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि पाउने छन्।