BIZMANDU
www.bizmandu.com

प्रभु बैंकको नाफामा ५%ले सुधार, तीन महिनामै कमायो ६२ करोड, स्प्रेडदर ५.१५%

२०७६ कात्तिक २५

प्रभु बैंकको नाफामा ५%ले सुधार, तीन महिनामै कमायो ६२ करोड, स्प्रेडदर  ५.१५%
प्रभु बैंकको नाफामा ५%ले सुधार, तीन महिनामै कमायो ६२ करोड, स्प्रेडदर ५.१५%



काठमाडौं। प्रभु बैंकले चालु आर्थिक वर्षको तीन महिनामा ६२ करोड ८४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। बैंकले गत वर्षको तुलनामा ५.०१ प्रतिशतले सुधार गरेको हो। गत वर्ष ५९ करोड ८४ लाख रुपैयाँ थियो।

Tata
GBIME
Nepal Life

कर्जा विस्तारमा आक्रामक देखिएको बैंकले एक अर्ब ४० करोड रुपैयाँ खुद व्याज आम्दानी आर्जन गरेको छ।

बैंकले गत वर्षको तुलनामा २४.१० प्रतिशतले सुधार गरेको हो। तीन महिनाको अवधिमा बैंकले कर्जा विस्तार ६.८३ प्रतिशतले बढाएको छ। तर निक्षेप संकलन भने जम्मा ०.९ प्रतिशतले मात्रै सुधार भएको छ।

असोज मसान्तसम्ममा बैंकले एक खर्ब ६ अर्ब रुपैया निक्षेप संकलन गरि ९१ अर्ब ६८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। गत असार मसान्तसम्ममा एक खर्ब ५ अर्ब रुपैयाँ निक्षेप संकलन गरि ८५ अर्ब ८२ करोड रुपैयाँ ऋण लगानी गरेको थियो।

बैंकको चुक्ता पूँजी ८ अर्ब ८९ करोड रुपैयाँ छ। जगेडा कोषमा चार अर्ब ३९ करोड रुपैयाँ जम्मा भएको छ। पूँजीकोष अनुपात गत वर्षको तुलनामा ११.७८ प्रतिशतबाट खुम्चिएर ११.०३ प्रतिशतमा झरेको छ। खराब कर्जा थप ०.८१ प्रतिशत विन्दुले बढेर ३.३२ प्रतिशत पुगेको छ।

आधार व्याजदर थोरै विन्दुले घटेर ९.२४ प्रतिशतमा झरेको छ। त्यस्तै कस्ट अफ फण्ड पनि सामान्य सुधार हुँदै ६.१५ प्रतिशतमा झरेको हो।
गत वर्ष ४.४९ प्रतिशतको स्प्रेड ५.१५ प्रतिशत पुगेको छ। बैंकको प्रतिशेयर आम्दानी एक रुपैयाँले खुम्चिएर २८ रुपैयाँ कायम भएको छ।