BIZMANDU
www.bizmandu.com

भन्सार आसिकुडा र भिसिटिएस जोडिने, दुई महिनाभित्रै भन्सारमा परीक्षणको रुपमा संचालनमा आउने

२०७६ कात्तिक २२

भन्सार आसिकुडा र भिसिटिएस जोडिने, दुई महिनाभित्रै भन्सारमा परीक्षणको रुपमा संचालनमा आउने
भन्सार आसिकुडा र भिसिटिएस जोडिने, दुई महिनाभित्रै भन्सारमा परीक्षणको रुपमा संचालनमा आउने

Tata
GBIME
Nepal Life

काठमाडौं। सरकारले गत साउन १ गतेदेखि सुरु गरेको भेहिकल एन्ड कार्गो ट्रेकिङ सिस्टम (भिसिटिएस)लाई भन्सारको आसिकुडा प्रणालीसँग जोड्ने भएको छ।

राजस्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीले भिसिटिएस र आसिकुडालाई जोड्ने तयारी भइरहेको जानकारी दिएका हुन्।नेपालका सबै मुख्यभन्सार नाकामा आसिकुडा वर्ल्ड नामको अत्याधुनिकअनलाइन सञ्जाल सञ्चालित छ। यसबाहेक वीरगञ्ज, मेची, भैरहवा र विराटनगरमा अनलाइन मूल्याङ्कन प्रणाली पनि सुरु भइसकेको छ।

दुबै संजालको माध्यमबाट भन्सार विभागका अधिकारी र अन्य भन्सार कार्यालयले मालसामान जाँचपास हुनेबित्तिकै कुन मालसामान कति मूल्याङ्कनमा पास गरियो भनेर हेर्न र थाहा पाउन सक्छन्। व्यवसायीले घर बसिबसी अनलाइन फाराम भर्न र घोषणा गर्न पनि सक्छन्।भिसिटिएसलाई पनि आसिकुडा वल्र्डसित जोड्न नेपालकाव्यवसायी र क्लियरिङ एजेन्टहरूले सुरुदेखि नै माग गर्दै आएका थिए।

भिसिटिएसलाई आसिकुडासित जोडिएपछि क्लियरिङ एजेन्टहरूले छुट्टै फाराम भर्नुपर्ने लगायतका झन्झटहरू कम हुने बताइएको छ। भन्सार कार्यालयमा मालसामानको जाँचपास गरेपछि क्लियरिङ एजेन्टहरूले भिसिटिएसको कागजात तयार गर्न थप समय खर्चनु परेको र काम बढेको प्रतिक्रिया दिइरहेका छन्।

‘आसिकुडा र भिसिटिएस, दुबै अनलाइनकै काम त हुन्’, विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष विजेन्द्र परासरले भने, ‘दुबै प्रणालीलाई एउटै धारमा ल्याउने हो भने काम अझ वैज्ञानिक र छिटोछरितो हुन्छ।’महानिर्देशक मैनालीका अनुसार भिसिटिएसलाई आसिकुडासँग जोड्न प्राविधिकको टोलीले आवश्यक होम वर्क गरिरहेको छ। एक–दुई महिनाभित्रै कुनै एक भन्सार नाकामा परीक्षणस्वरूप यसलाई लागु गरिने छ।                                                                                                                                                                            मैनालीले भने, ‘त्यस नाकाको अनुभव र फिडब्याक आएपछि क्रमशः अरू नाकामा पनि विस्तार गर्दै लगिनेछ।’ नेपालका भिसिटिएसका प्रयोगकर्ता ४९ हजार पुगिसकेको उनले जानकारी दिए।‘हामी उद्योग वाणिज्य संघका पदाधिकारीसँग नियमित अन्तरक्रियामा छौँ’, महानिर्देशक मैनालीले भने, ‘उहाँहरूले यो अत्यन्त राम्रो प्रणाली भएको प्रतिक्रिया दिँदै यसलाई निरन्तर सघाउ पुर्याएको भएको छ।’