BIZMANDU
www.bizmandu.com

श्रीएयरलाइन्स र यतिको जहाज बिमानस्थलमै ठोक्किए, श्रीको ‘विङ’ ले यतिको ‘टेल’ मा कोतर्यो


श्रीएयरलाइन्स र यतिको जहाज बिमानस्थलमै ठोक्किए, श्रीको ‘विङ’ ले यतिको ‘टेल’ मा कोतर्यो
श्रीएयरलाइन्स र यतिको जहाज बिमानस्थलमै ठोक्किए, श्रीको ‘विङ’ ले यतिको ‘टेल’ मा कोतर्यो

Tata
GBIME
Nepal Life

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा श्री एयरलाइन्सको जहाजले पार्किङमा राखिएको यतिको जहाजलाई ठक्कर दिएको छ। 

ठोकिएका दुवै जहाजमा सामान्य क्षति भएको विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले जानकारी दिए। श्रीको जहाजको विङ 'पखेँटा' ले यतिको जहाजको टेल 'पुच्छर पट्टिको भाग' मा छोएको हो। 

दूर्घटना सामान्य भएकाले नियमित उडानहरु यथावत रहेको उनले जानकारी दिए। श्रीको जहाजको विङ र यतिको जहाजको टेल कोरिएको छ। 
  
शुक्रबार दिउँसो करिब साढे दुई बजे बिराटनगरबाट काठमाडौं अवतरण गरेको श्रीको नाइन एन-अल्फा माइक चार्ली (९एन-एएमसी) कलसाइनको जेट इन्जिन जहाजले पार्किङमा रहेको यतिको नाइन एन- अल्फा नोभेम्बर चार्लि (९एन-एएमसी) कलसाइनको एटिआर ७२ जहाजलाई ठक्कर दिएको हो। 

काठमाडौं-विराटनगर उडानका लागि यतिको जहाज तयारी अवस्थामा थियो। श्रीको जहाज अवतरणपछि पार्किङमा ल्याउने क्रममा यतिको जहाजमा ठोकिएको हो।