BIZMANDU
www.bizmandu.com

आरबिबि इम्पावरमेन्ट एकेडेमीमा तालिम सुरु, १७ सयबाट छानिएका ३० जनालाई तालिम

२०७६ कात्तिक २२

आरबिबि इम्पावरमेन्ट एकेडेमीमा तालिम सुरु, १७ सयबाट छानिएका ३० जनालाई तालिम
आरबिबि इम्पावरमेन्ट एकेडेमीमा तालिम सुरु, १७ सयबाट छानिएका ३० जनालाई तालिम

Tata
GBIME

काठमाडौं। राष्ट्रिय वाणिज्य बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आरबिबि इम्पावरमेन्ट एकेडेमीमा तीस जनालाई तालिम दिन थालेको छ।

बैंकले प्रदेश नम्बर ३ का अनलाइन आवेदनमार्फत एक हजार सात सय सात युवाहरुमध्येबाट छनौट भएका ३० जना युवाहरुलाई तीन दिने तालिम दिइने बैंकले जनाएको छ।

कार्यक्रम शुभारम्भ गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले फाईनान्सियल ट्रेनिङ्ग सेन्टरको रुपमा अगाडि लैजाने उद्देश्यले शुरु गरिएको बताउँदै एकेडेमीबाट युवावर्गले बैंकिङ्ग क्षेत्रमा भएका नयाँ उपलब्धिलाई सिक्ने अवसर पाउने बताए।

पहिलो चरण अन्तर्गत एकेडेमीले २०७६ कात्तिक १ गतेदेखि १५ गते सम्म स्नातक र स्नाकोत्तर गरेका २८ वर्ष मुनिका युवाहरुलाई मात्र लक्षित गरी आवेदन आव्हान गरिएको थियो। वित्तीय क्षेत्रका अनुभवी बैंकरहरुद्धारा निःशुल्क रुपमा दिइने यस तालिममा  बैंकिङ्ग, टेक्निकल तथा परिक्षा तयारी सम्बन्धि तालिम दरबारमार्गमा प्रदान गरिने बैंकले जनाएको छ।

बैंकका अनुसार तीन दिनको तालिम पश्चात बैकले ३० जना सहभागीहरुलाई तीन महिनाको पेड इन्टर्नको रुपमा लिने छ। यो कार्यक्रम बैंकले अन्य प्रदेशमा पनि संचालन गर्ने जनाएको छ।

कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कबिराज अधिकारी र जब डाइनामिक्सका निर्देशक प्रयास राजउपाध्यायले आफ्नो धारणा राखेका थिए। कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृतहरु देवेशप्रसाद लोहनी, देवेन्द्ररमण खनाल, विभागीय प्रमुखहरु कमलेश ठाकुर, दिपकराज न्यौपाने थिए।