BIZMANDU
www.bizmandu.com

ग्लोबल आइएमई बैंकले एकैपटक १० वटा शाखारहित बैंकिङ सेवा संचालनमा ल्यायो

२०७६ कात्तिक २२

ग्लोबल आइएमई बैंकले एकैपटक १० वटा शाखारहित बैंकिङ सेवा संचालनमा ल्यायो
ग्लोबल आइएमई बैंकले एकैपटक १० वटा शाखारहित बैंकिङ सेवा संचालनमा ल्यायो

Tata
GBIME
Nepal Life

काठमाडौं। ग्लोबल आइएमई बैंकले विभिन्न जिल्लाहरुमा थप १० वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ।

बैंकले बाग्लुङ ताराखोला गाउँपालिका वडा नं. २, अर्गल, नवलपुरको गैडाकोट नगरपालिका वडा नं. ३, ढोडेनी, बैतडी जिल्लाको पुर्चाैडी नगरपालिका वडा नं. ५, कुवाकोट, बाग्लुङको जैमीनी नगरपालिका वडा नं. ८, अर्के छिस्ती, म्याग्दीको रघुगंगा गाउँपालिका वडा नं. १,बेगखोला, मकवानपुरको बागमती गाउँपालिका वडा नं. ६, फापरबारी र रोल्पाको रोल्पा नगरपालिका वडा नं. ३, सातदोबाटो, लुुंग्री गाउँपालिका वडा नंं. ३, जुटुङ्ग खोला, गंगादेव गाउँपालिका वडा नं. १, ओत र परिवर्तन गाउँपालिका वडा नं. ६, नाफेमा शाखारहित बैंकिङ्ग सेवाको संचालनमा ल्याएको छ।

योसँगै बैंकको शाखारहित बैंकिङ सेवा १ सय ९४ वटा पुगेको छ।

यो शाखाबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने,कर्जाको व्याज भुक्तानी गर्ने, डिसहोम लगायतका युटिलिटीको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्जगर्ने लगायतका सेवा लिनसक्ने बैंकले जनाएको छ।