BIZMANDU
www.bizmandu.com

मुगलाई खानका लागि ‘हाउस अफ करिम’, बिर्यानीको त्यो स्वाद जसले पटक पटक जान उत्प्रेरित गरिरहन्छ

२०७६ कात्तिक २२

मुगलाई खानका लागि ‘हाउस अफ करिम’, बिर्यानीको त्यो स्वाद जसले पटक पटक जान उत्प्रेरित गरिरहन्छ
मुगलाई खानका लागि ‘हाउस अफ करिम’, बिर्यानीको त्यो स्वाद जसले पटक पटक जान उत्प्रेरित गरिरहन्छ

Tata
GBIME
Nepal Life

काठमाडौं । 'मुगलाई भोजन' प्रेमीकालागि टोस्टम्यानले स्वादिलो बिर्यानी पाक्ने रेस्टुरेन्ट फेला पारेको छ। ठमेलमा रहेको यो रेस्टुरेन्ट सानो ठाउँलाई चिटिक्क सजाएर आकर्षक रुपमा ढालिएको छ।

मज्जाको सर्भिस र स्वादिष्ट खानेकुरा पाइने यो रेस्टुरेन्टले जोकोहीको पनि सजिलै मन जित्न सक्छ। प्रख्यात इन्स्टाग्राम फुड ब्लगर 'माई डार्लिङ फुड'ले टोस्टम्यानलाई बताए अनुसार यहाँको मेन्युमा सिमित खानेकुरा छन् तर ती एक पटक खाएर धित मर्दैनन् ।

यस्तो उत्कृष्ट रेस्टुरेन्टको नाम हो 'हाउस अफ करिम'। काठमाडौंमा मुगलाई भोजन चखाउने उद्देश्यका साथ यो रेस्टुरेन्ट खोलिएको हो। यहाँको 'कलकत्ता चिकेन बिर्यानी' निकै प्रख्यात छ। बिर्यानीको बास्नादार चामल र चिकेनको स्वाद सायदै भुल्न सकिएला। त्यसैले पनि यहाँ पटक- पटक जान उत्प्रेरित गरिरहन्छ। यहाँ प्रयोग हुने चामल, मासु र फ्लेवरले यहाँको खाना एक प्रकारले 'साही भोजन' जस्तो लाग्छ।

माटोको भाँडोमा सर्भ हुने 'द अचारी चिकेन' यहाँको स्टार भोजन हो। यहाँ पाइने चिकेन करी पनि बास्नादार, गजबको फ्लेवर भएको र चटपटा स्वादको छ। जुन अचारमा प्रयोग हुने मसलाबाट नै बनाइन्छ। अनि 'रुमाली रोटीसँग' यसको स्वाद गज्जब लाग्छ। 'मुगलाई भोजन' प्रेमी सच्चा व्यन्जनको लागि एकपटक जानै पर्ने रेस्टुरेन्ट हो, 'हाउस अफ करिम'।

'हाउस अफ करिम'ले अनलाइन डेलिभेरीको सुविधा पनि उपलब्ध गराएको छ। त्यसको साथसाथै यहाँबाट क्याटरिङको सुविधा पनि पाउन सकिन्छ।उचित मुल्यमा 'हाउस अफ करिम'को सुविधा लिन सकिन्छ र त्यतिमात्रै होइन शाकाहारी भोजनको लागि पनि 'हाउस अफ करिम' लाई सम्झिन सकिन्छ।

फुड लभरहरुलाई रेष्टुरेण्ट, होटल, त्यहाँ उपलब्ध हुने खाना, त्यो खानाको मेनु जस्ता जानकारी दिन बिजमाण्डूले टोस्टम्यान (फुडसम्वन्धी मोवाइल एप)सँगको साझेदारीमा यो सिरिज सुरु गरेको हो। 

यो सिरिजमा तपाईं पनि आफ्नो रेष्टुरेण्ट, लाउन्ज, बार, होटललाई सहभागी गराउन चाहनुहुन्छ भने  [email protected] वा [email protected] मा मेल गर्नुहोस्।