BIZMANDU
www.bizmandu.com

नागरिक लगानीकोष र राष्ट्रिय बीमा कम्पनीमा जागिर खुल्यो, सहायकदेखि व्यवस्थापकसम्मले पाउने

२०७६ कात्तिक २२


काठमाडौं। नागरिक लगानी कोष र राष्ट्रिय बीमा कम्पनीले जागिरको लागि विज्ञापन खुला गरेका छन्। नागरिक लगानीकोषले अधिकृत र सहायक स्तरका पदमा १२ जना कर्मचारी माग गरेको छ।

Tata
GBIME
Nepal Life

अधिकृत स्तरको छैठौ तहमा ६ जना, सहायकस्तरको पाँचौ तहमा तीन जना र चौथो स्तरको पदका लागि तीनजना कर्मचारी माग गरेको हो।
योग्यता पुगेका नेपाली नागरिकले आजको मितिबाट २१ दिनभित्रमा आवेदन दिन सक्ने कोषले जनाएको छ।

छैठौं तहको पदका लागि स्नातकोत्तर, वरिष्ठ सहायक पदका लागि स्नातक र सहायक स्तरको पदका लागि बाह्र कक्षा उत्तीर्ण गरेको हुनु पर्छ।

त्यस्तै राष्ट्रिय बीमा कम्पनीले विभिन्न पदमा ३७ जना कर्मचारी माग गरेको छ। सातौं तहको नायव व्यवस्थापक पदका लागि दुई जनालाई खुला प्रतिस्पर्धाबाट नियुक्त गर्ने भएको हो।

तोकिएको विषयमा स्नातकोत्तर गरेको वा चार्टर्ड एकाउन्टेन्सी गरेकाले आवेदन दिन सक्ने छन्।

छैठौं तहको सहायक व्यवस्थापक पदमा ९ जना माग गरिएको छ। उक्त पदको लागि पनि तोकिएको विषयमा स्नातकोत्तर गरेको वा चार्टर्ड एकाउन्टेन्सी उत्तीर्ण गरेको हुनु पर्नेछ।

कम्पनीले सूचना प्रविधि अधिकृत, सूचना प्रविधि सहायक, स्वास्थ्य सहायक तथा सहायक ‘क’, ‘ख’, पदमा कर्मचारी माग गरिएको छ। आजका मितिले २१ दिनभित्र कम्पनीमा आवदेन दिन सकिने जनाएको छ।